आजदेखि आइतबार बिहानसम्म देशभर वर्षा हुने

काठमाडौं । मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बिहीबारदेखि देशभरमा अध्यधिक वर्षा हुने सम्भावना रहेको हुनाले […]

Sep 26, 2024 - 02:35
 0
आजदेखि आइतबार बिहानसम्म देशभर वर्षा हुने

काठमाडौं ।

मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बिहीबारदेखि देशभरमा अध्यधिक वर्षा हुने सम्भावना रहेको हुनाले सतर्क रहन अनुरोध गर्नुभयो। यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ।

महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दै बिहीबारदेखि शनिवारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register