पाँचपोखरीमा महिला म्याराथन :‘वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौँ’

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल –३ पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ । आगामी कात्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताए । स्वदेशी तथा विदेशी महिलाको सहभागिमा हुने उक्त म्याराथनमा प्रथम हुनेले नगद रु ५० हजारसहित शिल्ड, मेडल […]

Sep 26, 2024 - 03:01
 0
पाँचपोखरीमा महिला म्याराथन :‘वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौँ’

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल –३ पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ । आगामी कात्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताए ।

स्वदेशी तथा विदेशी महिलाको सहभागिमा हुने उक्त म्याराथनमा प्रथम हुनेले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलेसमेत शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाउने गुरुङले बताए ।

दौडमा सहभागिता जनाउन नेपाली महिलाले रु पाँच सय र विदेशी महिलाले पाँच डलर दर्ता शुल्क बुझाउनुपर्ने छ । म्याराथनसहित सोही समयमा ‘मास ट्रेकिङ’ पनि हुनेछ । ‘वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौँ’, भन्ने नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो ।

मास ट्रेकिङमा सहभागी हुनेले लागि भने नेपालीले रु १३ हजार पाँच सय र विदेशीले दुई सय डलर तिर्नुपर्नेछ । दसौं तिहारको बिदामा घुम्न जान चाहनेहरुलाई लक्ष्यित गरि ट्रेक आयोजना गरिएको गुरुङले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register