आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

झापा, १० असोज । हाल देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसमेत छ। हाल मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि [...] The post आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना appeared first on Jhapa Online.

Sep 26, 2024 - 03:02
 0
आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

झापा, १० असोज । हाल देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसमेत छ। हाल मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने अनुमान महाशाखाको छ।

दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यसैगरी कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका तराई भू–भागका केही स्थानहरुमा हावा हुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।

The post आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register