विदेशबाट फर्किएर श्रीमतीमाथि गोली प्रहार

झापा, १० असोज । सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। उनले चलाएको गोली लागेर उनका बुबा समेत घाइते भएका प्रहरीले जनाएको छ। गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका–५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चित्रलेखाको टाउको [...] The post विदेशबाट फर्किएर श्रीमतीमाथि गोली प्रहार appeared first on Jhapa Online.

Sep 26, 2024 - 03:18
 0
विदेशबाट फर्किएर श्रीमतीमाथि गोली प्रहार

झापा, १० असोज । सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। उनले चलाएको गोली लागेर उनका बुबा समेत घाइते भएका प्रहरीले जनाएको छ।

गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका–५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चित्रलेखाको टाउको र आँखामा दुई गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो भने धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादवको हातको कुइँनामा गोली लागेर घाइते छन् । वैदेशिक रोजगारी कुवेत गएका उनी एक महिना अघि फर्किएका थिए । उनले पत्नीलाई हत्या गर्नुको कारण भने खुलेको छैन ।

The post विदेशबाट फर्किएर श्रीमतीमाथि गोली प्रहार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register