प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागत समारोहमा सहभागी

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए । […]

Sep 26, 2024 - 04:13
 0
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागत समारोहमा सहभागी

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए ।

ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register