प्रधानमन्त्री ओली र एमसीसीकी कार्यकारी प्रमुख अल्ब्राइटबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको अल्ब्राइटले भेट गरेकी हुन्।  भेटपछि प्रधानमन्त्री ओलीले प्रसारण लाइन र राजमार्गहरू मार्फत उच्च गुणस्तर जडानको लागि परियोजनाको चाँडै पूरा गर्न तत्पर रहेको सामाजिक सञ्जालमा […]

Sep 26, 2024 - 05:07
 0
प्रधानमन्त्री ओली र एमसीसीकी कार्यकारी प्रमुख अल्ब्राइटबीच भेटवार्ता

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको अल्ब्राइटले भेट गरेकी हुन्।  भेटपछि प्रधानमन्त्री ओलीले प्रसारण लाइन र राजमार्गहरू मार्फत उच्च गुणस्तर जडानको लागि परियोजनाको चाँडै पूरा गर्न तत्पर रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी रहेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register