११ तस्विरमा हेर्नुहोस् काठमाडौँमा जितिया पर्वको रौनक… (फोटो-कथा)

काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्दै आएका थारु तथा मधेसी समुदायका सदस्यले जितिया पर्व मनाउँदैछन् । जितियाको अवसर पारेर थारु समुदायका सदस्यहरु उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक पोशाकमा सजिएर भेला भएर जितिया मनाइरहेका छन् । ३ दिने जितिया पर्वमा विशेषतः आमाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्ने गर्छन् । सोमबारदेखि […]

Sep 26, 2024 - 05:57
 0
११ तस्विरमा हेर्नुहोस् काठमाडौँमा जितिया पर्वको रौनक… (फोटो-कथा)

काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्दै आएका थारु तथा मधेसी समुदायका सदस्यले जितिया पर्व मनाउँदैछन् । जितियाको अवसर पारेर थारु समुदायका सदस्यहरु उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक पोशाकमा सजिएर भेला भएर जितिया मनाइरहेका छन् ।

३ दिने जितिया पर्वमा विशेषतः आमाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्ने गर्छन् ।

सोमबारदेखि सुरु भएको यो पर्वको सुरुवाती दिन सोमबार मिथिलाञ्चलका साथै नेपालका अन्य स्थानमा छरिएर बसेका थारुहरुले ‘नहा खा’ अर्थात् नुहाएर खाने विधी सुरु गरेका थिए । आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा अनुसार हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज अपराह्न ५ बजे समापन गरिँदैछ । यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, सखर, भिजाएको केराउ, दहीच्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।

सोही अवसरमा ललितपुरको गुसिङ्गलस्थित बागमती नदी किनारामा मधेसी समुदायका नारीहरुले जितिया पर्व मनाएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register