अतिकम विकसित मुलुकका लागि सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्री राणाको आग्रह

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरुलाई आग्रह गरेकी छन्। न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा समूह जी‐२० मा आबद्ध देशका विदेशमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले एलडीसी मुलुकहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन्। पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु […]

Sep 26, 2024 - 06:19
 0
अतिकम विकसित मुलुकका लागि सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्री राणाको आग्रह

न्यूयोर्क ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरुलाई आग्रह गरेकी छन्।

न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा समूह जी‐२० मा आबद्ध देशका विदेशमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले एलडीसी मुलुकहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन्।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु बढी समस्यामा परिरहेका दृष्टान्त पेश गर्दै मन्त्री डा राणाले भनिन्, ‘कोभिड १९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनाव आदिका कारण यी देशपीडित भएका छन्। जसका कारण पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएका छन्।’

अतिकम विकसित मुलुकहरुको सङ्गठन, एलडीसीको अध्यक्षका हैसियतले परराष्ट्रमन्त्री डा. राणाले बुधबार न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गरेकी हुन्। नेपाल हाल एलडीसीको अध्यक्ष छ।

उनले भनिन्, ‘एलडीसी मुलुकहरुमा समावेशी आर्थिक वृद्धि गर्न, ‘२०३० एजेण्डा’ लाई गति दिन, स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमहरूलाई प्रभावकारी बनाउन, डिजिटल डिभाइडको अवस्थालाई कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक प्रकृतिका समस्याहरुलाई कमगर्न जि‐२० मा आबद्ध राष्ट्रहरुको सहयोग महत्वपूर्ण हुनेछ।’

मन्त्री राणाले जि‐२० मा एलडीसीका तर्फबाट प्रतिनिधित्व गराउनका लागि एक औपचारिक संयन्त्र निर्माण गर्न आग्रह गर्दै जि‐२० का शिखर सम्मेलनहरुमा एलडीसीका अध्यक्षलाई सहभागी गराई आफ्ना धारणा राख्ने अवसर प्रदान गर्न पनि आग्रह गरिन्।

उनले हाल एलडीसी राष्ट्रहरुमा जलवायु परिवर्तनको असरका कारण उत्पन्न समस्यालाई कम गर्न जि‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेञ्ज फण्ड’ स्थापना गर्न, एलडीसी देशहरुका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन पनि आग्रह गरिन्।

मन्त्री डा. राणाले एलडीसीले विगत दुई दशकयताकै सबैभन्दा बढी गरिबी झेलिरहेकोतर्फ जी–२० समूहमा आबद्ध राष्ट्रहरुले सोच्नुपर्नेमा पनि जोड दिइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register