भुलक्कड राष्ट्रपति बाइडेन !

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको स्मरणको विषयलाई लिएर अन्तर्राष्ट्रियस्तरमै ट्रोल भइरहेको छ । उनले विश्वको चर्चीत एवं ठूला नेताहरूसँगै हुँदा उनीहरूका नाम बिर्सेकै बिर्स्यै गर्छन् । यत्तीसम्म कि भुलक्कड भएको विषय खण्डन गर्न बोलाईएका पत्रकार सम्मेनमा पनि नाम भुलेर हैरान पारेका छन्  । उनको यो भुलक्कडका कारण राष्ट्रपति पद नै त्याग्नु परेको थियो । […]

Sep 26, 2024 - 06:29
 0
भुलक्कड राष्ट्रपति बाइडेन !

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको स्मरणको विषयलाई लिएर अन्तर्राष्ट्रियस्तरमै ट्रोल भइरहेको छ । उनले विश्वको चर्चीत एवं ठूला नेताहरूसँगै हुँदा उनीहरूका नाम बिर्सेकै बिर्स्यै गर्छन् ।

यत्तीसम्म कि भुलक्कड भएको विषय खण्डन गर्न बोलाईएका पत्रकार सम्मेनमा पनि नाम भुलेर हैरान पारेका छन्  । उनको यो भुलक्कडका कारण राष्ट्रपति पद नै त्याग्नु परेको थियो ।

बाइडेनले मोदीको नाम बिर्सिए, अफसरको इसारामा मोदी उठे

शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेन डेलावेयरमा भएको ‘क्वाड’ शिखर सम्मेलनपछिको एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम बिर्सिए ।

कार्यक्रमको स्टेजमा प्रधानमन्त्री मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज र जापानका प्रधानमन्त्री फुमियो किशिदा पनि उपस्थित थिए ।

सर्भाइकल क्यान्सरसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेपछि बाइडेनले प्रधानमन्त्री मोदीलाई स्टेजमा आमन्त्रित गर्नुपर्ने थियो, तर त्यो बेला उनले मोदीको नाम नै बिर्सिए । उनी लगभग ५ सेकेन्डसम्म मोदीको नाम सम्झन खोजिरहेका थिए, तर सकेनन् ।

नाम याद नआएपछि बाइडेनले त्यहाँ उभिएको एक अफसरलाई चिच्याएर सोधे –अब कसलाई बोलाउनुपर्छ ? त्यसपछि त्यहाँ भएको एक अफसरले प्रधानमन्त्री मोदीतर्फ इसारा गरे । यसमा मोदी कुर्सीबाट उठे । त्यसपछि एक स्टाफले उनलाई स्टेजमा बोलाए । मोदीले बाइडेनको नजिक पुगेर उनीसँग हात मिलाए । यस क्रममा दुवै नेता मुस्कुराएका देखिए ।

नाटो मिटिङमा जेलेन्स्कीलाई पुटिन भनेका थिए

अमेरिकी राष्ट्रपति बाइडेन कसैको नाम बिर्सिएको यो पहिलो पटक होइन । जुलाईमा भएको नाटो बैठकमा उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीलाई पुटिन भनेका थिए । केही समयपछि उनले उपराष्ट्रपति कमला ह्यारिसलाई डोनाल्ड ट्रम्प भनेर बोलाएका थिए ।

प्याराग्लाइडिङ हेर्न गएका बेला मुख मोडेर उभिएका थिए बाइडेन 

यसअघि जुनमा भएको जि७ बैठकमा बाइडेन धेरै विश्व नेताहरूबीच अलमलमा परेका देखिएका थिए । बाइडेन, ऋषि सुनक, ट्रुडो, इम्यानुएल म्याक्रोन, जर्मन चान्सलर ओलफ शोल्ज, र जर्जिया मेलोनीसँगै प्याराग्लाइडिङ हेरिरहेका थिए ।

प्याराग्लाइडर आकाशबाट जि७ को झण्डा लिएर ल्यान्ड गर्छ । जब ऊ ल्यान्ड गर्छ, सबै नेताहरू ताली बजाएर उसको स्वागत गर्न थाल्छन् । यस क्रममा बाइडेन भने टाढा गएर अर्कै मानिसलाई  थम्स अप गरिरहेका देखिए । त्यसपछि क्यामेरा बाइडेनतर्फ फोकस गर्न थाल्छ ।

यत्तिकैमा इटालीकी प्रधानमन्त्री मेलोनीले उल्टो दिशा गएका बाइडेनलाई ध्यान दिन्छिन् र उनको हात समातेर फिर्ता सबै नेताहरूको छेउमा लैजान्छिन् । त्यसपछि सबै नेताहरू प्याराग्लाइडरसँग कुराकानी गर्न थाल्छन् ।

यसअघि जि७ का अर्को कार्यक्रममा बाइडेन मेलोनीलाई सलाम गर्दै देखिएका थिए । सलाम गर्ने कुरालाई लिएर उनलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको थियो ।

स्मृतिलाई लिएर लगाइएका आरोपहरूको खण्डन गर्न पत्रकार सम्मेलन गरियो, त्यही बेला पनि नाम बिर्सिए

यसै वर्ष फेब्रुअरीमा बाइडेनले स्मृतिलाई लिएर लगाइएका आरोपहरूको खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो । त्यही क्रममा उनले हमासको नाम बिर्सिए । केही समयपछि उनले मिस्रका राष्ट्रपति अब्दुल फतह अल–सिसीलाई अनजानेमा मेक्सिकोका राष्ट्रपति भनेर बताएका थिए । इजरायल–गाजा युद्धको एउटा प्रश्नमा बाइडेनले भने –मेक्सिकोका राष्ट्रपति सिसी गाजामा सहयोग जान दिँदैनन् ।

 स्मृति परीक्षण दिए, तर पनि राष्ट्रपतिको उम्मेदवारी छोड्नुपर्‍यो

बाइडेनको उमेर बढ्दै जाँदा र स्मृति कमजोर हुँदै गएको कुरालाई लिएर उनको उम्मेदवारीमा धेरै प्रश्नहरू उठे । त्यसपछि उनले तीनवटा स्मृतिसँग सम्बन्धीत परीक्षण गराएका थिए । ती सबैमा उनी पास भए, तर पनि आफ्नै पार्टीको भरोसा जित्न सकेनन् । त्यसपछि जुलाईमा उनले राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register