विकसित र अल्पविकसित मुलुकको स्वास्थ्य सेवाको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मानव कल्याण र जीवनको गुणस्तरको लागि आधारभूत विषय भएको बताउएका छन्।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका ओलीले माउन्ट सिनाई अस्पताल, डेभिस अडिटोरियम हेल्थ सेन्टर फर साइन्स एन्ड मेडिसिन न्युयोर्कले आयोजना गरेको कार्यक्रममा बोल्दै आज विश्वले धेरै स्वास्थ्य चुनौतीको सामना गरिरहेको बताएका हुन्। ‘विज्ञान र प्रविधिमा […]

Sep 26, 2024 - 06:51
 0
विकसित र अल्पविकसित मुलुकको स्वास्थ्य सेवाको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मानव कल्याण र जीवनको गुणस्तरको लागि आधारभूत विषय भएको बताउएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका ओलीले माउन्ट सिनाई अस्पताल, डेभिस अडिटोरियम हेल्थ सेन्टर फर साइन्स एन्ड मेडिसिन न्युयोर्कले आयोजना गरेको कार्यक्रममा बोल्दै आज विश्वले धेरै स्वास्थ्य चुनौतीको सामना गरिरहेको बताएका हुन्।

‘विज्ञान र प्रविधिमा पर्याप्त सुधार भए तापनि आजको विश्वले धेरै महत्त्वपूर्ण स्वास्थ्य चुनौतीहरूको सामना गरिरहेको छ, महामारी, जलवायु परिवर्तन, पानी र खाद्यान्नको अभावले विश्वव्यापी स्वास्थ्य परिणामहरू सुधार गर्ने हाम्रो प्रयासहरूलाई असर गरेको छ’, उनले भने।

उच्च र कम आय भएका देशहरूबिच स्वास्थ्य सेवामा ठुलो असमानता रहेको ओलीले बताए। विकासशील देशहरू, विशेष गरी नेपालजस्ता अल्पविकसित देशहरूले आफ्ना जनतालाई आर्थिक, मानव संसाधन र प्रविधिको अभावमा स्वास्थ्य सेवा प्रदान गर्न सङ्घर्ष गरिरहेका ओलीले स्पष्ट पारे। यी चुनौतीहरूलाई सम्बोधन गर्न समन्वयकारी विश्वव्यापी प्रयास, पर्याप्त लगानी र नवीन समाधानहरू आवश्यक रहेको ओलीले धारणा राखे।

यस पृष्ठभूमिमा, माउन्ट सिनाई अस्पताल प्रणाली जस्ता संस्थानहरूको भूमिका विश्वव्यापी स्वास्थ्य परिणाम प्रदान गर्न अझ महत्त्वपूर्ण हुने उनले बताए। ‘मलाई यो कुरा गर्दा धेरै खुसी लागेको छ कि– माउन्ट सिनाई सबैभन्दा पुरानो र सबैभन्दा ठुलो शिक्षण अस्पतालहरू मध्ये एक भएको छ, संयुक्त राज्य अमेरिका भित्र मात्र होइन विश्वभरि स्वास्थ्य सेवा अगाडि बढाउनमा यो संस्था अग्रणी रहेको छ’, ओलीले भने।

नेपालले पनि आफ्नो स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न उच्च प्राथमिकता दिएको उनले बनाए। नेपालको संविधानले नेपालका हरेक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको ओलीले जनकारी दिए।

नेपालमा मातृ र बाल मृत्युदर घटाउन, सङ्क्रामक, सङ्क्रामक रोगहरू नियन्त्रण गर्न र ट्राकोमा उन्मूलन गर्न नेपालले पर्याप्त प्रगति गरेको ओलीले बताए। ‘हामीले स्वास्थ्य परिणाम सुधार गर्न धेरै पहलहरू सुरु गरेका छौँ, जसले नेपाललाई यौन र प्रजनन स्वास्थ्य सेवा र अधिकारहरूमा विश्वव्यापी पहुँचमा अग्रगामी बनाएको छ’, उनले भने।

नागरिकहरूलाई आर्थिक कठिनाइ बिना गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको रूपमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम (एनएचआइपी) सुरु गरिएको पनि उनले जानकारी दिए। प्रधानमन्त्रीको रूपमा आफ्नो दोस्रो कार्यकालमा हरेक गाउँ, नगरपालिकामा प्राथमिक अस्पताल स्थापना गर्ने निर्णय गरेको उनले स्मरण गराए। गरिब र वञ्चित समूहहरूलाई प्राथमिकताका साथ आधारभूत स्वास्थ्य सेवाहरू सुनिश्चित गर्न यो दृष्टिकोणलाई अगाडि बढाउन आफू अहिले पनि प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

नेपाली जनताको समग्र स्वास्थ्य प्रवर्द्धन गर्न नेपालले निरोगी नेपाल,स्वस्थ नेपालको दर्शन विकास गरेको ओलीले बताए। ‘स्वस्थ नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा समृद्ध नेपाल, सुखी नेपालीको पूर्व सर्त हो भन्ने कुरा भनिरहनु आवश्यक छैन’, उनले भने।
नेपालले स्वास्थ्य परिणाम सुधार गर्ने दृष्टि र लक्ष्यहरू प्राप्त गर्न धेरै चुनौतीहरूको सामना गर्दै आएको ओलीले बताए।

स्रोत अभावका कारण, स्वास्थ्य सेवामा पहुँच विशेष गरी गरिब र सीमान्तकृत समुदायहरूका लागि महत्त्वपूर्ण मुद्दा बनेको छ उनले सुनाए। ‘हामीले भर्खरै कोभिड १९ महामारी विरुद्धको लडाइँ जितेका छौँ यद्यपि, प्रभावहरू दूरगामी छन् र आउने वर्षहरूमा महसुस हुनेछन्’, ओलीले भने। थप बलियो स्वास्थ्य सेवा सुविधाहरू स्थापना गर्न र स्वास्थ्य आपतकालीन र भविष्यका महामारीहरू सामना गर्न अझ राम्रो तयारी गर्न साझेदारहरूबाट ठुलो समर्थनको आवश्यकता रहेको ओलीले बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register