धनगढीका स्कुल-स्कुलमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौँ । अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीले स्कुल-स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘स्कुल-स्कुल’मा ट्राफिक सचेतना कार्यक्रमको पहिलो चरण अन्तर्गत ट्राफिक प्रहरीले असोज १० गते (बिहीबार) धनगढी उपमहानगरपालिका–१९ स्थित फूलवारी माध्यामिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा कक्षा ४ देखि १२ का २१० जना छात्र र १५० जना छात्रा गरी कुल […]

Sep 26, 2024 - 07:29
 0
धनगढीका स्कुल-स्कुलमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौँ । अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीले स्कुल-स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

‘स्कुल-स्कुल’मा ट्राफिक सचेतना कार्यक्रमको पहिलो चरण अन्तर्गत ट्राफिक प्रहरीले असोज १० गते (बिहीबार) धनगढी उपमहानगरपालिका–१९ स्थित फूलवारी माध्यामिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।

कार्यक्रममा कक्षा ४ देखि १२ का २१० जना छात्र र १५० जना छात्रा गरी कुल ३ सय ६० जना सहभागि भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीका इन्चार्ज तथा प्रहरी हवल्दार शिद्धराज विष्टले जानकारी दिएका छन् ।

विष्टका अनुसार कार्यक्रममा सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, ट्राफिक चिन्हबारे जानकारी दिनुका साथै सुरक्षित यात्रासहितको सडक प्रयोग सम्बन्धमा विद्यार्थीको भूमिकाबारे सचेतना दिइएको थियो । कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहनुका साथै कार्यक्रम फलदायी रहेको विष्टले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register