मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दाबी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा आफूले चालेको कदमका कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको दाबी गरेका छन् । नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको मन्त्री भण्डारीले दाबी गरेका हुन् । अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ […]

Sep 26, 2024 - 07:33
 0
मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दाबी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा आफूले चालेको कदमका कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको दाबी गरेका छन् । नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको मन्त्री भण्डारीले दाबी गरेका हुन् ।

अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर १० रुपैयाँ घटेको उनको दाबी छ । साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको मन्त्रीको सचिवालयले जनाएको छ ।  

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा सञ्चालित सुपथ मूल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध भइरहेका दाबी गरिएको छ ।

चाडपर्वको समयमा उपभोग्य बस्तुहरुको मुल्य घटेपछि उपभोक्तालाई सहज भएको र खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको पर्याप्तता रहेको बताइएको छ । 

मन्त्री भण्डारीको निर्देशनमा तिव्र रुपमा बजार अनुगमन भइरहेको सचिवालयले जनाएको छ । ७ असोजमा ३५ रुपैयाँ पर्ने बोतलको पानी एकसय रुपैंयाँमा बिक्री गरेको पाइएपछि काठमाडौँस्थित जिम्बु रेष्टुरेन्टलाई कारवाही गरी तीन लाख रुपैयाँ जरिवाना असुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी भन्दा बढि मुल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ । 

मन्त्री भण्डारीले एक सय दिनका लागि तयार गरेको कार्य योजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पूर्वसूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरु उल्लेख गरेका छन् ।
नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रिएको सामानहरु बिक्री वितरणमा कमी आएको जनाइएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहित खानेकुरा बिक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढंगले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमितता रोक्नुपर्ने बताएका थिए । सोही अनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन नीगिगत सुधार गर्दै आएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register