स्वदेशी स्याउ रुखमै कुहिँदै, विदेशी स्याउको आयात ह्वात्तै बढ्यो

काठमाडौँ । पछिल्लो समय नेपालमा विदेशी स्याउको आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्ष स्याउको आयात बढेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा १ करोड ३४ लाख ७७ हजार ७ सय ५९ किलो स्याउ आयात गरिएको छ । जुन १ अर्ब […]

Sep 26, 2024 - 08:17
 0
स्वदेशी स्याउ रुखमै कुहिँदै, विदेशी स्याउको आयात ह्वात्तै बढ्यो

काठमाडौँ । पछिल्लो समय नेपालमा विदेशी स्याउको आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्ष स्याउको आयात बढेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउनभदौ)मा १ करोड ३४ लाख ७७ हजार ७ सय ५९ किलो स्याउ आयात गरिएको छ । जुन १ अर्ब ३८ करोड ३८ लाख ५ हजार मूल्य बराबरको रहेको विभागले जनाएको छ ।

यसअवधिमा सबैभन्दा धेरै स्याउ चीनबाट आयात गरिएको छ । चीनबाट मात्रै साउन र भदौ महिनामा १ अर्ब १५ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको स्याउ आयात गरिएको छ । 

त्यस्तै, साउन र भदौमा भारतबाट २३ करोड ९ लाख ६१ हजार रुपैयाँ र भुटानबाट २५ हजार रुपैयाँको स्याउ नेपाल आयात गरिएको विभागले तथ्यांकमा उल्लेख गरिएको छ । विदेशी स्याउको आयातबाट मात्रै राज्यले २७ करोड ४५ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

तर, विदेशी स्याउको बढ्दो आयातले स्वदेशी स्याउको बजारीकरणमा मर्का पुगेको किसानहरुले बताएका छन् । हाल नेपालका स्याउ उत्पादन हुने जिल्लाहरु (हुम्ला, जुम्ला, मुगु लगायत) मा स्याउले बजार नपाउँदा रुखमै कुहिन थालेका छन् । त्यहीँ अर्कोतर्फ विदेशी स्याउको आयात भने दिनप्रतिदिन बढ्दै गइरहेको छ । स्वदेशी स्याउको तुलनामा विदेशी स्याउ सस्तो हुने भएकाले पनि उपभोक्ताले प्राय विदेशी स्याउ नै खरिद गर्ने गर्दछन् । यही कारण वर्षेनी विदेशी स्याउको आयात बढ्दा स्वदेशी स्याउ ओझेलमा परेको स्याउ उत्पादक किसानहरुले गुनासो गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register