बेंगलुरु हत्या प्रकरणमा नयाँ मोड : हत्यारा भनिएका व्यक्ति मृत फेला, सुसाइड नोट पनि भेटियो

मुक्ति रञ्जन राय नामका ती व्यक्ति उडिसा राज्यको भद्रक क्षेत्रमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । रायको साथबाट एउटा झोला, नोटबुक र स्कुटर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।

Sep 26, 2024 - 08:21
 0
बेंगलुरु हत्या प्रकरणमा नयाँ मोड : हत्यारा भनिएका व्यक्ति मृत फेला, सुसाइड नोट पनि भेटियो

काठमाडौं । भारतको बेंगलुरुमा नेपाली महिलाको हत्या घटनाले नयाँ मोड लिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीको निगरानीमा रहेका एक पुरुष मृत फेला परेका छन् ।

मुक्ति रञ्जन राय नामका ती व्यक्ति उडिसा राज्यको भद्रक क्षेत्रमा रुखमा झुण्डिएको अवस्थामा  मृत फेला परेका हुन् । रायको साथबाट एउटा झोला, नोटबुक र स्कुटर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । शव फेला परेपछि सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको छ ।

प्रहरीले शव परिवारलाई बुझाएको छ । घटनास्थलमा प्रहरीले सुसाइड नोटसमेत फेला पारेको छ । उनले सुसाइड नोटमा बेंगलुरुमा नेपाली महिला एच महालक्ष्मी दासको हत्या गरेको स्वीकार गरेका छन् ।

आफूले नै दासको शव टुक्रा पारेर फ्रिजमा राखेको उनले सुसाइड नोटमा उल्लेख गरेको प्रहरीले बताएको छ ।

भारतीय संचारमाध्यमका अनुसार रायका भाइसँग सोधपुछ गर्दा बेंगलुरु प्रहरीले यस आत्महत्याको जानकारी पाएपछि ओडिसा प्रहरीसँग सम्पर्क गरी घटनाको पुष्टि गरेको थियो ।

उडिसा प्रहरीकाअनुसार मुक्तिले बुधबार बिहान ५ देखि साढे ५ बजेको बीचमा आत्महत्या गरेका थिए । यता बेंगलुरु प्रहरी भने उनको लोकेशन ट्र्याक गर्दै छिट्टै पक्राउ गर्ने तयारीमा थियो ।

प्रहरीले महालक्ष्मी हत्याकाण्डका मुख्य अभियुक्त मानेको रायलाई पहिचान गरिसकेको सुसाइड नोटबाट ठूलो खुलासा भएको छ ।

बेंगलुरुमा नेपाली महिलाको हत्या : श्रीमान्‌सँग टुटेको थियो सम्बन्ध, घर आउजाउ गर्ने पुरुषमाथि शंका

सेप्टेम्बर २१ मा महालक्ष्मीको शव छरिएको अवस्थामा फ्रीजमा भेटिएको थियो । करिब १९ दिनअघि महालक्ष्मीको हत्या भएको आशंका गरिएको छ । प्रहरीले महालक्ष्मीको कोठामा राखिएको ट्रली झोला पनि फेला पारेको छ ।

बेंगलुरु प्रहरी स्रोतकाअनुसार हत्याराले शवका अंग एउटै झोलामा राखेर बाहिर कतै फाल्ने षड्यन्त्र गरेको हुनसक्छ । तर, यो क्षेत्र धेरै भीडभाड भएकाले उसले शवका टुक्रा फाल्ने मौका पाएन ।

घटनास्थलको निरीक्षणपछि हत्या गरी शव टुक्राटुक्रा पारेर कोठा र बाथरूम सफा गर्ने प्रयास गरिएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि शव महालक्ष्मीको परिवारलाई बुझाइएको छ । त्यसपछि बेंगलुरुमै उनको अन्तिम संस्कार गरिएको थियो ।

हत्यारा भनिएकाको भाइसम्म पुग्यो प्रहरी 

अब सबैभन्दा ठूलो प्रश्न महालक्ष्मीको हत्यारा राय नै हुन् वा अरु कोही ? हत्याको कारण के हो ? त्यसैले बेंगलुरु प्रहरी स्रोतलाई विश्वास गर्ने हो भने महालक्ष्मीको हत्यारा राय नै हुन् ।

यति मात्र होइन रायको परिवार मुम्बईमै बस्ने गरेको प्रहरीले जनाएको छ । राय पश्चिम बंगालका बासिन्दा हुन् । बैंगलोर प्रहरीले रायका भाइलाई भेटेको छ । महालक्ष्मीको हत्यापछि दाइले आत्महत्या गरेको हुनसक्ने रायका भाइले बयान दिएका थियो ।

भाइको वयानपछि बेंगलुरु पुलिसले सीसीटीभी क्यामेराबाट हत्याराको बारेमा महत्त्वपूर्ण प्रमाण र सुरागहरू जुटाएको थियो । महालक्ष्मी बस्ने व्यालिकवाल क्षेत्रमा उनको घर जाने र जाने बाटोमा केही ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिएको थियो ।

राय पनि उक्त क्यामेरामा कैद भएका थिए । बेंगलुरु प्रहरीले हत्यारा राय नै भएको बताउँदै उनलाई पक्राउ गर्न देशका धेरै ठाउँमा प्रहरी टोली पठाएको थियो । प्रहरीलाई पहिले नै हत्याराको नाम पनि प्राप्त भइसकेको थियो तर, हत्यारा सचेत नहोस् भनेर नाम भने खुलाइएको थिएन ।

प्रहरीकाअनुसार महालक्ष्मीसँग रायको घनिष्ठ सम्बन्ध थियो ।

भारतमा नेपाली महिलाको निर्ममतापूर्वक हत्या, फ्रीजमा सडेको अवस्थामा भेटियो शव

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register