रवि पक्राउ पर्ने चर्चापछि भ्रमण छोट्याएर स्वदेश फर्किए रास्वपा नेताहरू

काठमाडौं । चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली बिहीबार स्वदेश फर्किएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरु फर्किएका हुन् । ९ दिनको भ्रमणलाई छोट्याएर फर्किएको उपसभापति वाग्लेले बताए । आज […]

Sep 26, 2024 - 08:21
 0
रवि पक्राउ पर्ने चर्चापछि भ्रमण छोट्याएर स्वदेश फर्किए रास्वपा नेताहरू

काठमाडौं । चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली बिहीबार स्वदेश फर्किएको हो ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरु फर्किएका हुन् ।

९ दिनको भ्रमणलाई छोट्याएर फर्किएको उपसभापति वाग्लेले बताए । आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किनेछन् ।

भ्रमण टोलीमा वाग्लेसहित, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल, गणेश पराजुली, तोसिमा कार्की र असिम शाह, तथा नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, तपेश्वर यादव र प्रकाश विष्टलगायत थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register