रेल सेवालाई बर्दिबाससम्म विस्तार गर्ने तयारी

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट अर्थात् राष्ट्रिय गौरवको आयोजना’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । भारतको जयनगरदेखि जनकपुर कुर्था हुँदै बिजलपुरा आउने रेललाई बर्दिबाससम्म ल्याउने तयारी भइरहेको मन्त्री दाहालले बताए । धनुषाको मिथिला नगरपालिका १० लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले बिजलपुरा देखि […]

Sep 26, 2024 - 08:41
 0
रेल सेवालाई बर्दिबाससम्म विस्तार गर्ने तयारी

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट अर्थात् राष्ट्रिय गौरवको आयोजना’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।

भारतको जयनगरदेखि जनकपुर कुर्था हुँदै बिजलपुरा आउने रेललाई बर्दिबाससम्म ल्याउने तयारी भइरहेको मन्त्री दाहालले बताए ।

धनुषाको मिथिला नगरपालिका १० लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले बिजलपुरा देखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने भौतिक संरचनाको काम जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन ढिला भएको बताए ।

उनले लालपुर्जा नभई ऐलानी जग्गामा बसोबास गर्नेहरुले मुआब्जा माग्दै जग्गा खाली नगर्दा बर्दिबासमा बन्ने रेल्वे स्टेसनको काम अगाडि बढन समस्या उत्पन्न भएको बताए ।

मन्त्री दाहालले भने, ‘जग्गाको यथार्त म आफैं गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा नै छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।’

उनले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्ति जग्गा खाली गर्न सहमत भए क्षतिपूर्ति दिन सकिने बताए । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले पनि मुआब्जा दिने कुनै आधार नभएको बताएका कारण समस्या भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कमला पुल तयार गरी हुलाकी सडक सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए ।

‘हुलाकी राजमार्ग सञ्चालन गर्न केही अवरोधहरू छ,’ मन्त्री दाहालले भने, ‘हुलाकी सडक अर्न्तगत धनुषा–सिरहा जोडने कमला पुल नबन्द समस्या भएको छ । समस्या मन्त्रालयलाई थाहा छ । समस्या कसरी समाधान गर्ने विषयमा स्थलगत अनुगमन गरी निकास खोज्न आएका छौँ ।’

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुलाकी सडक सहज रुपमा सञ्चालन गर्न केन्द्रित रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register