बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुल्ने इन्स्पेक्टरको जिम्मेवारी खोसियो

काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेकी इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट मुक्त गरिएको हो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताइन् । यो प्रकरणमा छानबिन गर्न […]

Sep 26, 2024 - 08:41
 0
बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुल्ने इन्स्पेक्टरको जिम्मेवारी खोसियो

काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेकी इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट मुक्त गरिएको हो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताइन् ।

यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ ।

इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ ।

उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register