इतिहासकै उच्च बिन्दुमा पाकिस्तानको सेयर बजार !

काठमाडौँ । पाकिस्तानको सेयर बजार इतिहासकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार बिहान इन्ट्राडे मा पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसइ १००’ ८२ हजार ९०५ बिन्दुमा पुगेको थियो ।  हाल (यो समाचार तयार पार्दासम्म) ‘केएसइ १००’ ८२ हजार ५ सय ६२ मा कारोबार भइरहेको छ ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको सेयर बजारमा देखिएको वृद्धि हुनुको मुख्य […]

Sep 26, 2024 - 08:49
 0
इतिहासकै उच्च बिन्दुमा पाकिस्तानको सेयर बजार !

काठमाडौँ । पाकिस्तानको सेयर बजार इतिहासकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार बिहान इन्ट्राडे मा पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसइ १००’ ८२ हजार ९०५ बिन्दुमा पुगेको थियो । 

हाल (यो समाचार तयार पार्दासम्म) ‘केएसइ १००’ ८२ हजार ५ सय ६२ मा कारोबार भइरहेको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको सेयर बजारमा देखिएको वृद्धि हुनुको मुख्य कारण पाकिस्तानका लागि अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ७ अर्ब अमेरिकी डलर ऋण स्वीकृत गर्नु रहेको जनाएका छन् ।

गहिरो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई आइएमएफले गर्ने आर्थिक सहयोगले अर्थतन्त्र सुध्रिने र समग्र आर्थिक क्षेत्र चलायमान हुने विश्वासले सेयर बजार बढाएको जानकारहरुको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register