‘बजार घट्नुको मुख्य कारण नाफा बुक हो’- तारा फुल्लेल

काठमाडौँ । लगानीकर्ताहरुले पुँजीबजारमा लगानी गरेको छोटो समय कारोबारी बन्न खोज्नु पुँजीबजार वृद्धिमा प्रभाव पर्नु हो । फलस्वरुप अहिले नेपाली पुँजीबजारमा त्यसको नकारात्मक प्रभाव परेको देखिन्छ । लगानीकर्ताले पुँजीबजारमा लगानी गर्दा बजारमा पछिल्लो अवस्था, कम्पनीको वित्तीय अवस्था र अन्तर्राष्ट्रिय परिवेशलाई समेत हेरेर दीर्घकालिन लगानी नगरेसम्म पुँजीबजार अहिलेकै गति भन्दा माथि जाने देखिँदैन । पुँजीबजारप्रेमी अर्थमन्त्री […]

Sep 26, 2024 - 09:13
 0
‘बजार घट्नुको मुख्य कारण नाफा बुक हो’- तारा फुल्लेल

काठमाडौँ । लगानीकर्ताहरुले पुँजीबजारमा लगानी गरेको छोटो समय कारोबारी बन्न खोज्नु पुँजीबजार वृद्धिमा प्रभाव पर्नु हो । फलस्वरुप अहिले नेपाली पुँजीबजारमा त्यसको नकारात्मक प्रभाव परेको देखिन्छ ।

लगानीकर्ताले पुँजीबजारमा लगानी गर्दा बजारमा पछिल्लो अवस्था, कम्पनीको वित्तीय अवस्था र अन्तर्राष्ट्रिय परिवेशलाई समेत हेरेर दीर्घकालिन लगानी नगरेसम्म पुँजीबजार अहिलेकै गति भन्दा माथि जाने देखिँदैन । पुँजीबजारप्रेमी अर्थमन्त्री भनिएकाले अर्थमन्त्रीले पनि पुँजीबजार सुधारको लागि प्रयास जारी राखेका छन् । यता सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले पनि बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु रहेको बताएका छन् ।

बजारमा कसरेक्सन आउनु राम्रो भएपनि अहिलेको स्थितिमा आउनु राम्रो नभएको फुल्लेलको भनाई छ । उनले पछिल्लो समय बजारमा सेयर बेच्ने लगानीकर्ताहरुले अफवाह फैलाउने खालका कार्यले बजार तल झरेको दाबी गरेका छन् ।

‘राम्रो बढेको बजार तल झर्नुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु हो । त्यसलाई करेक्सन मान्नुपर्छ ।’, उनले भने, ‘तर यति तल आउनुपर्ने होइन । बजारमा सेयर बेच्नेहरुले बजारमा अफवाह फैलाउने खालका कारणले गर्दा पनि बजार तल झरेको हो ।’

त्यस्तै, सेयर बजारलाई लगानीकर्ता अनकुल चलाउन खोज्दा पनि बजार माथि जान नसकेको फुल्लेलको भनाई छ । उनले बजार अनुकुल लगानीकर्ता चल्नुपर्ने भएपनि बजारलाई लगानीकर्ताले आफू अनकुल चलाउन खोज्दा सेयर बजार प्रभावित भएको बताएका छन् । तर, आगामी दिनमा सेयर बजार सुधार हुँदै जाने उनको भनाई रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register