‘अधैर्य लगानीकर्ताका कारण सेयर बजार प्रभावित भयो, तर बजारको भविष्य राम्रो छ’- प्रियराज रेग्मी 

काठमाडौँ । स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले सेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताएका छन् । उनले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने ? कति समय धैर्य गर्ने ? भन्ने दीर्घकालीन योजनाबिना लगानी गर्दा बजारमा समस्या देखिएको बताए ।  सेयर बजार लगानीकर्ताहरुले लगानी गर्ने बित्तिकै तत्काल […]

Sep 26, 2024 - 09:25
 0
‘अधैर्य लगानीकर्ताका कारण सेयर बजार प्रभावित भयो, तर बजारको भविष्य राम्रो छ’- प्रियराज रेग्मी 

काठमाडौँ । स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले सेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताएका छन् । उनले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने ? कति समय धैर्य गर्ने ? भन्ने दीर्घकालीन योजनाबिना लगानी गर्दा बजारमा समस्या देखिएको बताए । 

सेयर बजार लगानीकर्ताहरुले लगानी गर्ने बित्तिकै तत्काल रिटर्न खोज्न थालेकाले बजार दीर्घकालीन रुपमा सुधार हुन नसकेको रेग्मीको भनाई छ । 

उनले सेयर बजारमा गरेको लगानी बैंकमा पैसा राखेर आजको भोलि ब्याज आउनेजस्तो सोच राख्न नहुने भन्दै लगानी, लगानीकर्ता भन्दा पनि पूर्वाधार र अन्य औजार कमी भएको बजारमा साना लगानीकर्ता पनि ट्रेडर हुन खोज्दा पुँजीबजारमा नकारात्मक प्रभाव परेको उल्लेख गरेका छन् । 

‘२ हजार २२ सयको बजार ५० दिनमा ३ हजार पुग्यो । करिव १ हजार अंकको वृद्धि भयो । जुन छोटो समयमा भयो । त्यसले गर्दा विगतदेखि लगानी गर्ने लगानीकर्तालाई पनि पर्याप्त नाफा भयो ।’, उनले भने, ‘३२ सय अंकबाट बजार तल आउँदै गर्दा डुबेका लगानीकर्ताको पनि लागत रिकभरी भयो । लगानी उठेका लगानीकर्ताले पनि शेयर बेचे । साना लगानीकर्ताले लगानी गरेका नाफा भएको शेयर बेच्यो ।’ 

त्यस्तै, पूर्वअध्यक्ष रेग्मीले दुई ठूला राजनीतिक पार्टी मिलेर सरकार बन्दा बजारमा सुधार देखिएको भएपनि आश्वसनले मात्रै बजार सुधार नहुने बताएका छन् । उनले लगानीकर्ता पनि स्मार्ट भएकाले पुँजीबजारमा लगानीमैत्री वातावरण हेरेर लगानी गर्नुपर्ने बताएका छन् । अहिले बजार करेक्सन भएर लयमा फर्किन थालेको भन्दै सरकारको आश्वासन र नीतिगत परिवर्तनले केही सुधार भएपनि छोटो समयमा धेरै बढेर करेक्सन हुन राम्रो भएको बताएका छन् । उनले सरकारले थप नीतिगत र प्राविधिक सुधार गर्दै जाने हो भने नेपाली पुँजीबजारको भविष्य राम्रो रहेको उल्लेख गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register