‘ठूलाले आफू अनुकुल चलाउन खोज्दा सेयर बजारको लय बिग्रियो’ 

काठमाडौँ । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरुले आफू अनुकुल चलाउन खोज्दा सेयर बजारमा निरन्तर गिरावट देखिएको छ । नयाँ सत्ता समीकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३ हजार अंक माथि पुगेको थियो । यसरी केही समय उकालो गति लिएको पुँजीबजार निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ । […]

Sep 26, 2024 - 09:29
 0
‘ठूलाले आफू अनुकुल चलाउन खोज्दा सेयर बजारको लय बिग्रियो’ 

काठमाडौँ । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरुले आफू अनुकुल चलाउन खोज्दा सेयर बजारमा निरन्तर गिरावट देखिएको छ ।

नयाँ सत्ता समीकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३ हजार अंक माथि पुगेको थियो । यसरी केही समय उकालो गति लिएको पुँजीबजार निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ । पुँजीबजारप्रति सकारात्मक भएको सरकार एवं अर्थमन्त्री र राष्ट्र बैंकले समेत पुँजीबजारमैत्री मौद्रिक नीति ल्याएपनि बजारमा देखिएको सुधार क्षणिक बन्न पुगेको छ । ३ हजारमाथि पुगेको पुँजीबजार २५ सय अंकमा झरेसँगै अर्थमन्त्री आफैँले पुँजीबजार सुधारको लागि नेप्से लगायतका निकायहरुमा पुगेर निर्देशन समेत दिँदै आएका छन् । तर पनि बजारले सुधारको गति लिन सकेको छैन । 

अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुगेर गरेको अनुगमनसँगै बिहीवार उच्च अंकको सुधार देखिएको थियो । तर, पुँजीबजारले गति लिन सकेको छैन । गत असार १६ गते २०३७.०९ बिन्दुबाट ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार अहिले निरन्तर ओरालो लागिरहेको छ । बजार लगातार न्यून बिन्दुतर्फ झर्नुको पछाडि नीतिगत र सरकारको कारण भन्दा पनि लगानीकर्ताको कारण देखिएको छ । बजार घटबढ हुनु पुँजीबजारको सुन्दर पक्ष हो तर ठूला लगानीकर्ताले बजारलाई आफू अनुकुल चलाउनु खोजेको देखिन्छ । 

२ हजार अंकको सेयर बजार ३ हजार माथि पुग्नुलाई अधिकांश लगानीकर्ताले पुँजीबजार करेक्सनपछिको बाउन्सको रूपमा लिएका थिए । सरकारले नीतिगत सुधार र बजारलाई पारदर्शी रुपमा लैजान सके पुँजीबजार सुधारको बाटोमा जाने देखिन्छ । पछिल्लो समय पुँजीबजारमा देखिएको गिरावट लगानीकर्ताको अस्थिरताको कारण भएको लगानीकर्ताहरुले समेत स्वीकार गरेका छन् । 

पुँजीबजार लगानीकर्ताहरुले बजारलाई स्वतःस्फूर्त भन्दा पनि लगानीकर्ता अनुकुल चलाउन खोज्दा बजारमा असर परेको कुरामा लगानीकर्ता समेत सहमत देखिएका छन् । पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला, पुराना र अनुभवी लगानीकर्ताले बजारलाई आफू अनुकुल चलाउँदा पुँजीबजार सुधार हुन नसकेको बताइन् । उनले बजारलाई स्वतन्त्र छोड्नुपर्ने भएपनि बजारलाई ठूला लगानीकर्ताले नियन्त्रणमा लिन खोजेको आरोप लगाएकी छिन् । ‘बजार घट्नुमा लगानीकर्ता नै दोषी छन् । बजारमा प्रवेश गर्ने र बेच्ने प्रचलन बढी भयो ।’, उनले भनिन्, ‘पुँजीबजारमा लगानीको उपयुक्त वातावरण हुँदा पनि सेयर लगानीकर्ताले बजारलाई आफू अनुकुल चलाउन खोज्दा बजारमा समस्या भएको छ ।’

त्यस्तै, उनले नेपालको पुँजीबजार आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इन्डिकेटरले चलाइरहेको बताइन् । पछिल्लो समय सानादेखि ठूला लगानीकर्ता समेत सेयर बजारका लगानीकर्ता भन्दा पनि व्यापारी बन्न खोज्दा बजार समस्यामा पुगेको पोखरेलको भनाई छ । उनले पुँजीबजार माथि जाँदा ६२ लाख लगानीकर्ता बजार प्रवेश गरेजस्तो लाग्ने र बजार तल जाने बित्तिकै बजार सुस्ताएको जस्तो देखिने बताएकी छिन् । 

साथै उनले बजार बढेको समयमा ब्रोकरलाई भुक्तानी नगरी ठूला लगानीकर्ताले नाफा कमाएको आरोपसमेत लगाएकी छिन् । उनले त्यही समयमा बजारमा गिरावट आउँदा ब्रोकरलाई व्यवस्थापनमा समस्या हुँदा बजारमा कारोबार रकम कम र अंक दुवैमा गिरावट आएको भन्दै सरकारले पुँजीबजार सुधारको लागि अझै थप नीतिगत सुधार गर्न जरुरी रहेको उल्लेख गरेकी छिन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register