स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । बिहीबार आयोगले निर्वाचन कार्यक्रम […]

Sep 26, 2024 - 09:45
 0
स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।

मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

बिहीबार आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । त्यसानुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ ।

सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register