वीरगञ्जबाट पाँच अर्ब २६ करोडको सामान निर्यात

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा पाँच अर्ब २६ करोड ३७ लाख १० हजार रुपैयाँ मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले ४९ […]

Sep 26, 2024 - 09:49
 0
वीरगञ्जबाट पाँच अर्ब २६ करोडको सामान निर्यात

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा पाँच अर्ब २६ करोड ३७ लाख १० हजार रुपैयाँ मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले ४९ करोड ५९ लाख २८ हजार रुपैयाँ मूल्यपर्ने ६९ लाख ५३ हजार रुपैयाँ किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २०.४३ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार आठ सय लिटर जुस जाम निर्यात भएको छ । गत आर्थिक वर्षको भदौ मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जुस जामको निर्यात भने पाँच दशमलव ११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register