सिजनल कामदारको सारथि बन्दै गोफन्ड, बेलायतमा लगाइएको बन्देज खुलाउन माग 

काठमाडौं । पछिल्लो समय सिजनल वर्क (मौसमी काम)को लागि मानिसहरूले लाखौं खर्च गरेर भिसा अप्लाई गरिरहेका हुन्छन् । मौसमी कामका लागि समयावधि १८० दिन अर्थात् ६ महिना हुन्छ । जसमा काम गर्न पुगेकाहरूले कृषि र मौसमी उद्योगमा काम गर्नुपर्ने हुन्छ । निश्चित समयावधिको भिसा लगाएर काम गर्न जाने कतिपय नेपाली कामदार सिजनल भिसाको नाममा ठगिएका […]

Sep 26, 2024 - 10:05
 0
सिजनल कामदारको सारथि बन्दै गोफन्ड, बेलायतमा लगाइएको बन्देज खुलाउन माग 

काठमाडौं । पछिल्लो समय सिजनल वर्क (मौसमी काम)को लागि मानिसहरूले लाखौं खर्च गरेर भिसा अप्लाई गरिरहेका हुन्छन् । मौसमी कामका लागि समयावधि १८० दिन अर्थात् ६ महिना हुन्छ । जसमा काम गर्न पुगेकाहरूले कृषि र मौसमी उद्योगमा काम गर्नुपर्ने हुन्छ ।

निश्चित समयावधिको भिसा लगाएर काम गर्न जाने कतिपय नेपाली कामदार सिजनल भिसाको नाममा ठगिएका छन् । अझ कतिपयलाई त सिजनल वर्कको बारेमा थाहा भए पनि कसरी आवेदन दिने भन्ने आइडिया हुँदैन ।

मासिक २/३ लाख कमाइ हुने बताउँदै मौसमी कामदारबाट म्यानपावर तथा एजेन्टले लाखौं रकम असुलेको घटना हाम्रै वरपर छन् । यी र यस्ता घटना बढिरहेकाले बेलायतले सन् २०२२ पछि नेपाली कामदारलाई सिजनल भिसा दिन छाडेको छ ।

तर, गोफन्ड इन्टरनेशनल लिमिटेडले सिजनल वर्क भिसा नदिँदा नेपाली कामदारले अवसर गुमाइरहेको भन्दै त्यसका पक्षमा वकालत गरिरहेको छ ।

के हो गोफन्ड इन्टरनेशनल लिमिटेड ? 

गोफन्ड इन्टरनेशनल लिमिटेड लन्डनमा अवस्थित एक अन्तर्राष्ट्रिय स्तरको ट्राभल सेवा कम्पनी हो । जसले मानिसहरूलाई नेपाल र भारतलगायत दक्षिण एसियाका देशमा यात्रा गर्न सहजीकरण गर्दछ ।

जसमा विदेश यात्रा तथा भ्रमणको लागि कति खर्च चाहिन्छ ? कुन-कुन सामग्री आवश्यक पर्दछ ? व्यवस्थित र अनुकूलित स्थानहरू कता छन् ? लगायतका विषयमा गोफन्डबाट सहज रूपमा जानकारी लिन सकिन्छ ।

ट्राभल सेवाका अतिरिक्त यस कम्पनीले बाहिरी देशमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न चाहनेका लागि पनि आवश्यक परामर्श तथा जानकारी दिँदै आइरहेको छ । यसका अलावा सिजनल भिसामा काम गर्न चाहनेहरूका लागि आवश्यक सम्पूर्ण जानकारी दिन्छ । यो संस्था सन २०२३ मा स्थापना भएको हो ।

सिजनल भिसाको फर्म गोफन्डको आधिकारिक वेबसाइटमा भेट्न सकिन्छ । जहाँबाट व्यक्तिले आफैँ अनलाइनको माध्यमबाट सिजनल वर्क भिसाका लागि आवेदन दिन सक्नेछन् ।

बेलायतको सिजनल वर्क भिसा खुलाउन सरकारले पहल गर्नुपर्छ

बेलायतले सन २०२३ बाट मौसमी कामका लागि नेपाली कामदार लैजान बन्देज लगाएको छ । नेपालमा सिजिनल भिसा पठाउँदा म्यानपावर कम्पनीबाट श्रमिक ठगिएको, भिसा सकिएपछि गैर कानूनी रूपमा नेपाली कामदार उतै बस्ने गरेको जस्ता कारण देखाउँदै बेलायतले नेपालीलाई सो भिसा दिन बन्द गरेको थियो ।

गोफन्डले देखाएको तथ्याङ्कअनुसार सन् २०२२ मा ३ हजार ६०० श्रमिक सिजिनल भिसामा बेलायत गएका थिए । हाल बेलायतले वार्षिक करिब ४५ हजार आप्रवासी श्रमिक भित्राइरहेको छ । तर, २०२३ यतादेखि त्यसमा नेपाली कामदार परेका छैनन् ।

यी र यस्तै विषयमा गोफन्डले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रस्तुति दिँदै गोफण्ड इन्टरनेसनल लिमिटेडका सल्लाहकार क्रिस रोबकले बेलायतले सिजनल भिसा नदिँदा नेपाली श्रमिकले अवसर गुमाइरहेको बताए ।


उनले भने, “यूकेको कृषिमा सिजिनल भिसामा आप्रवासी श्रमिकको माग धेरै छ । तर, नेपाल त्यो अवसरबाट वञ्चित छ । नेपाल सरकारले यूकेको सिजनल वर्कमा नेपालीलाई लगाइएको बन्देज खुलाउन पहल गर्नुपर्छ ।”

मौसमी कामदारको लागि किन सहयोगी छ गोफन्ड ?

गोफन्डले गरेको अनुसन्धानको तथाङ्कअनुसार २०२२ अर्थात् एक वर्षमा नेपालबाट ४५ हजार मौसमी कामदार बेलायत गएका थिए । यसरी नेपालबाट मौसमी कामको लागि गएकामध्ये कतिपयले ६ लाखदेखि ९ लाख रुपैयाँसम्म रकम म्यानपावरलाई बुझाएको खबर बाहिर आएको थियो ।

‘सिजनल भिसामा अप्लाई गर्नको लागि शुल्क लाग्दैन । विगतका दिनमा सिजनल भिसामा ठगी धेरै बढेकाले बेलायतले नेपालीलाई यो भिसामा रोक लगायो । तर, नेपालीले पनि यूकेमा सिजनल भिसा पाउनुपर्छ । यसका लागि नेपाल सरकारले पहल गर्नुपर्छ,” गोफन्डका निर्देशक आर.पी. शर्मा लामिछानेले भने।


“हामीले यस विषयमा निरन्तर आवाज उठाउँदै आइरहेका छौँ,” उनले भने, “सिजनल वर्क भिसामा अनलाइन आवेदन दिन शुल्क लाग्दैन । यदि कसैले लिन्छ भने त्यो ठगी हो ।”

गोफन्डले सिजनल वर्क भिसामा जाने कामदारलाई आवश्यक परामर्श दिन्छ । जसमा कामदारलाई समस्या परेमा के गर्ने, कसरी आवेदन दिने, ठगिनबाट कसरी जोगिनेलगायतको जानकारी दिइने निर्देशक लामिछाने बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register