झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको भन्दै आशिका तामाङविरूद्ध प्रहरीमा उजुरी

आशिका पछिल्लो समय युट्युबर अघिपछि लगाएर सार्वजनिक स्थान धाइरहेकी छिन् । सामाजिक सञ्जालमा भाइरल हुने र भूँईमान्छेको समर्थन बटुल्ने उनको नियत भए पनि कतिपय जनताको विषय उठाइरहेकी छिन् ।

Sep 26, 2024 - 10:21
 0
झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको भन्दै आशिका तामाङविरूद्ध प्रहरीमा उजुरी

काठमाडौं । भक्तपुरको साँगाको झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको आरोपमा आफूलाई सामाजिक अभियन्ता बताउने ‘भाइरल गर्ल’ आशिका तामाङविरूद्ध उजुरी परेको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० जोड्ने झोलुङ्गे पुलमा तोडफोड र आगजनी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा भक्तपुरमा उजुरी दिएको हो ।

आशिका पछिल्लो समय युट्युबर अघिपछि लगाएर सार्वजनिक स्थान धाइरहेकी छिन् । सामाजिक सञ्जालमा भाइरल हुने र भूँईमान्छेको समर्थन बटुल्ने उनको नियत भए पनि कतिपय जनताको विषय उठाइरहेकी छिन् ।

सो क्रममा सांगापुलमा सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गरेको भन्दै सूर्यविनायक नगरपालिकाले तामाङविरूद्ध उजुरी दिएको हो ।

कानुनी मापदण्ड पूरा गरेर निर्माण गरिएको सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको, अराजक गतिविधि गरेको भन्दै नगरपालिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयको डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

तीन वर्षदेखि सञ्चालनमा आएको झोलुङ्गे पुलमा वारपार गरेबापत नगरपालिकाले २० रुपैयाँ शुल्क लिँदै आएको छ । सो पुल अत्यावश्यक कामको लागि प्रयोग गर्न नपर्ने र घुम्न आउने पर्यटकले प्रयोग गर्ने भन्दै शुल्क लिएको नगरपालिकाको दाबी छ ।

पुल तर्न शुल्क लिएको भन्दै असोज ७ गते आशिका नेतृत्वले टोलीले अस्थायी संरचना तोडफोड गरेको नगरपालिकाको भनाइ छ ।

केही फिल्ममा अभिनय गरेकी आशिका कला क्षेत्रमा जम्न नसकेपछि सोसल मिडियामा प्रवेश गरेकी हुन् । २०७५ दसैँअघि उनले रुँदै फेसबुकमा बनाएको भिडिओ भाइरल भएको थियो । ‘घर परिवार भएका खसीखसिनीको हत्या नगर्नुहोला, अनाथ खसीखसिनीहरू मात्र काट्नुहोला’ भन्ने भिडिओले सोसल मिडियामा चर्चा पाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register