हामी प्रताडित मात्र हैन, आलोचित पनि भएका छौँ : निर्माण व्यवसायी  

काठमाडौं । निर्माण व्यवसायीहरूले आफूहरू प्रताडित मात्र नभएर आलोचित पनि भएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले सरकारले आफूलाई भुक्तानी नदिएर प्रताडित बनाएको मात्र नभएर आलोचना पनि गरिरहेको बताएका हुन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले आफूहरूलाई पीडित मात्र नबनाएर पटक/पटक ऐन संशोधन गर्‍यो भनेर आलोचनासमेत गरिरहेको बताए । उनले भने, […]

Sep 26, 2024 - 10:33
 0
हामी प्रताडित मात्र हैन, आलोचित पनि भएका छौँ : निर्माण व्यवसायी  

काठमाडौं । निर्माण व्यवसायीहरूले आफूहरू प्रताडित मात्र नभएर आलोचित पनि भएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले सरकारले आफूलाई भुक्तानी नदिएर प्रताडित बनाएको मात्र नभएर आलोचना पनि गरिरहेको बताएका हुन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले आफूहरूलाई पीडित मात्र नबनाएर पटक/पटक ऐन संशोधन गर्‍यो भनेर आलोचनासमेत गरिरहेको बताए ।

उनले भने, ‘संशोधन हाम्रो बाध्यता हो, रहर हैन । संशोधन गरेपछि हामीलाई अतिरिक्त भार पर्छ, हामीले बीमा गर्नुपर्छ, बैंक आइडी बनाउनुपर्छ ।’ उनले कुनै पनि निर्माण कम्पनीले आफूले सुरु गरेको काम सम्पन्न नगरी उन्मुक्ति नपाउने भन्दै उक्त काम सम्पन्न गर्नका लागि सरकारले समयमै भुक्तानी दिनुपर्ने बताए ।

सरकारले आन्तरिक लोन उठाएर नै भए पनि भुक्तानी दिन्छौं भनेता पनि त्यो कार्यान्वयन नभएको निर्माण व्यवसायीको भनाइ छ ।

अध्यक्ष सिंह भन्छन्, ‘उहाँहरूको कार्यक्रममा जुन परियोजना छनोट भए, त्यसलाई मात्र भुक्तानी दिने भन्नुहुन्छ तर, हामीले काम गरेको परियोजना कार्यक्रममा नराखिनु निर्माण व्यवसायीको गल्ती कसरी हुन सक्छ ?’

उनले निर्माण व्यवसायीको भुक्तानी न्यूनतम ४५ अर्ब दाबी गरेको बताए । तर, काम गरे अनुसारको सबै परियोजना हेर्ने हो भने यो रकम अत्यासलाग्दो गरी बढी उनको भनाइ छ ।

सरकारले चाँडो भुक्तानी दिनुपर्ने उनीहरूको माग छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register