दोहोरो अंकले घट्यो नेप्से, २०१ कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ८१ अंकले घटेर २४८६ दशमलव ७६ को विन्दुमा पुगेको छ । बिहीबार ३२२ कम्पनीका ६५ हजार २ सय ५८ पटकको कारोबारमा १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर खरिद बिक्री भएको छ […]

Sep 26, 2024 - 10:37
 0
दोहोरो अंकले घट्यो नेप्से, २०१ कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ८१ अंकले घटेर २४८६ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२२ कम्पनीका ६५ हजार २ सय ५८ पटकको कारोबारमा १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ रहेको छ ।

आज २०१ कम्पनीको सेयर मूल्य घट्दा ३९ कम्पनीको बढेको छ भने ४ कम्पनी स्थिर रहेका छन् । १३ उपसमूहमध्ये व्यापार कम्पनी बढ्दा निर्माण कम्पनीहरू सामान्य हरियो भएका छन् भने बाँकी ११ वटा राताम्मे छन् । आज अपि पावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register