बिहीबार ३२.८१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ . ८१ अंकले घटेर २४८६.७६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २२ कम्पनीको सेयर खरिद बिक्री हुँदा एक करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८४ करोडमाथिको […]

Sep 26, 2024 - 10:37
 0
बिहीबार ३२.८१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ . ८१ अंकले घटेर २४८६.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको सेयर खरिद बिक्री हुँदा एक करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आजको बजारमा ग्रिन भेन्चर लिमिटेडका सेयर लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

त्यस्तै, बिहीबार सबैभन्दा धेरै कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाख ६७ हजार २ सय २४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यता, बजार घट्दा पनि विन नेपाल लघुवित्तका सेयर लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register