धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना

काठमाडौँ। काभ्रेपलाञ्चोकको धुलिखेलबाट पाँचखालर्फ गइरहेको एउटा ट्रक दुर्घटनामा परेको छ। बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो १ बजे ३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा अन्दाजी ३०–३५ वर्षीय […]

Sep 26, 2024 - 10:39
 0
धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना

काठमाडौँ।

काभ्रेपलाञ्चोकको धुलिखेलबाट पाँचखालर्फ गइरहेको एउटा ट्रक दुर्घटनामा परेको छ। बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो १ बजे ३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा अन्दाजी ३०–३५ वर्षीय चालक गम्भीर घाइते भएका छन्। उनको टाउकोको पछाडि र च्यापुमा चोट लागेको छ। उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register