क्रिकेटबाट सन्यास लिँदै शकिब

काठमाडौं । बंगलादेश क्रिकेट टोलीका अलराउन्डर शकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट सन्यास लिने तयारी गरेका छन् । अक्टोबर–नोभेम्बरमा हुने दक्षिण अफ्रिकाविरुद्धको सिरिज उनको अन्तिम टेस्ट सिरिज होस् भन्ने उनको चाहना छ । भारत भ्रमणमा रहेका शकिबले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । दक्षिण अफ्रिकी टोली अर्को महिना टेस्ट सिरिज खेल्न बंगलादेश जाँदैछ । यदि […]

Sep 26, 2024 - 10:49
 0
क्रिकेटबाट सन्यास लिँदै शकिब

काठमाडौं । बंगलादेश क्रिकेट टोलीका अलराउन्डर शकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट सन्यास लिने तयारी गरेका छन् ।

अक्टोबर–नोभेम्बरमा हुने दक्षिण अफ्रिकाविरुद्धको सिरिज उनको अन्तिम टेस्ट सिरिज होस् भन्ने उनको चाहना छ । भारत भ्रमणमा रहेका शकिबले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

दक्षिण अफ्रिकी टोली अर्को महिना टेस्ट सिरिज खेल्न बंगलादेश जाँदैछ । यदि शकिबलाई दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजका लागि छनोट भएन भने कानपुर टेस्ट उनको अन्तिम टेस्ट म्याच हुन सक्छ ।

हसनविरुद्ध दुई महिनाअघि राजधानी ढाकासहित विभिन्न शहरमा भएको विद्यार्थी आन्दोलनमा भएका हत्याका घटनामा संलग्न रहेको आरोपमा मुद्दामा दर्ता भइसकेको छ । उनलाई यसअघि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशको टोलीबाट पनि हटाउन माग गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register