यस्तो छ साउन महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउनको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ  । साउन महिनामा आयात ० दशमलव […]

Sep 26, 2024 - 10:53
 0
यस्तो छ साउन महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउनको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ  ।

साउन महिनामा आयात ० दशमलव ६ प्रतिशत भएको छ भने निर्यात ९ दशमलव ६ प्रतिशतले घटेको छ । त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८ दशमलव ० प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ ।

यसै गरी, कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड रुपैयाँ र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ० दशमलव ७ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ० दशमलव ३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register