थाइराइडको बिरामीका लागि फाइदाजनक छन् यी खानेकुरा

काठमाडौं । थाइराइड आजको समयमा हुने एक सामान्य रोग हो, जसले धेरैजसो महिलाहरूलाई प्रभावित गर्छ । यद्यपि थाइराइड कुनै पनि उमेरका व्यक्तिलाई हुनसक्छ । यस रोगमा शरीरलाई धेरै प्रकारका स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्छ । यो रोग विशेष गरी अस्वस्थ जीवनशैलीका कारण हुन्छ । त्यसैले यसमा औषधिहरूको साथै पौष्टिक खानपान र स्वस्थ जीवनशैलीको पनि ख्याल राख्न […]

Sep 26, 2024 - 11:17
 0
थाइराइडको बिरामीका लागि फाइदाजनक छन् यी खानेकुरा

काठमाडौं । थाइराइड आजको समयमा हुने एक सामान्य रोग हो, जसले धेरैजसो महिलाहरूलाई प्रभावित गर्छ । यद्यपि थाइराइड कुनै पनि उमेरका व्यक्तिलाई हुनसक्छ । यस रोगमा शरीरलाई धेरै प्रकारका स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्छ ।

यो रोग विशेष गरी अस्वस्थ जीवनशैलीका कारण हुन्छ । त्यसैले यसमा औषधिहरूको साथै पौष्टिक खानपान र स्वस्थ जीवनशैलीको पनि ख्याल राख्न आवश्यक हुन्छ । यस्तै केही खाद्य वस्तुहरू छन्, जसको सेवन गरेर हामी थाइराइडलाई कम गर्न सक्छौँ ।

नरिवल

काँचो नरिवलको सेवन थाइराइडको समस्यालाई कम गर्न सहयोगी हुन सक्छ । यसका लागि तपाईंले नरिवललाई कुनै पनि रूपमा आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । नरिवलको सेवनले मेटाबोलिज्मलाई सही राख्छ, जसले शरीरलाई स्वस्थ राख्छ ।

अमला

भिटामिन–सीले भरपुर अमलाको सेवन थाइराइडमा धेरै नै फाइदाजनक साबित हुन्छ । यसका लागि बिहानको समयमा अमलाको पाउडरलाई महसँग खानुहोस् वा अमलाको जुसलाई मनतातो पानीसँग सेवन गर्नुहोस् ।

स्याउ

पेक्टिन र फाइबरले भरपुर स्याउको नियमित सेवनले शरीरलाई राम्रोसँग डिटक्स गर्न मद्दत गर्छ, जसले थाइराइडलाई नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ ।

अण्डा

दैनिक अण्डाको सेवन धेरै नै लाभदायक हुन्छ । अण्डामा ट्रिप्टोफ्यान र टायरोसिन नामक तत्त्व पाइन्छ, जसले मुटुको स्वास्थ्यलाई राम्रो बनाउँछ र क्यान्सरको जोखिमलाई कम गर्छ । यसमा रहेको प्रोटिन, ओमेगा थ्री फ्याटी एसिड, सेलेनियम, एन्टी–अक्सिडेन्ट र आयोडिन जस्ता पोषक तत्त्व सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक छन् ।

फर्सीको बीज

दैनिक फर्सीको बीज सेवनले थाइराइडलाई नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ, किनकि फर्सीको बीजमा जिंक पाइन्छ, जसले थाइराइड हर्मोनको उत्पादनमा सहयोग गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register