सहकारीको पैसाले फिल्म निर्माण, फिल्म ‘सुपर फ्ल्प’ भएपछि लगानी स्वाहा !  

काठमाडौँ । सहकारीको ठूलो रकम फिल्म क्षेत्रमा समेत प्रयोग भएको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदनमा सहकारीको रकम फिल्म क्षेत्रमा समेत प्रयोग भएको उल्लेख गरिएको हो ।  संसदीय समितिको उक्त प्रतिवेदन अनुसार किर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारीको ठूलो रकम फिल्म क्षेत्रमा फसेको छ ।  सहकारीका […]

Sep 26, 2024 - 11:33
 0
सहकारीको पैसाले फिल्म निर्माण, फिल्म ‘सुपर फ्ल्प’ भएपछि लगानी स्वाहा !  

काठमाडौँ । सहकारीको ठूलो रकम फिल्म क्षेत्रमा समेत प्रयोग भएको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिले तयार गरेको प्रतिवेदनमा सहकारीको रकम फिल्म क्षेत्रमा समेत प्रयोग भएको उल्लेख गरिएको हो । 

संसदीय समितिको उक्त प्रतिवेदन अनुसार किर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारीको ठूलो रकम फिल्म क्षेत्रमा फसेको छ । 

सहकारीका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले सहकारीकै पैसाबाट ‘एउटा यस्तो प्रेम कहानी’ नामक नेपाली फिल्म बनाएको, जुन फिल्म २०७७ सालको माघे संक्रान्तिमा रिलिज भएको प्रतिवेदनमा उल्लेख छ । 

यतिसम्मकी सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय विशेष छानबिन समितिले पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई फिल्म र म्युजिक भिडियोमा डेब्यु गराउने भन्दै सहकारीका संस्थापक अध्यक्ष दर्शनधारीले ठूलो रकम फिल्म क्षेत्रमा फसाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

सहकारीको रकमसहित ५ करोड रुपैयाँ खर्चेर बनाइएको उक्त फिल्म ‘सुपर फ्ल्प’ भएपछि सहकारीको ठूलो रकम उक्त फिल्ममा फसेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register