विद्यार्थीलाई प्रचण्डको आह्वान- तपाईंहरू सडकको बाघ बन्नुस्, म संसद्को सिंह बन्छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी पुनर्निर्माण गर्ने बताएका छन् । बिहीबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । “हामीले पार्टी पुनर्निर्माणको काम गर्नेछौँ । समुदायसँगको हाम्रो सम्बन्ध कमजोर भएको छ, यसलाई पुन: बनाउने गरी समीक्षामा केन्द्रित छौँ । पार्टी पुनर्निर्माणमा केन्द्रित हुँदै गर्दा […]

Sep 26, 2024 - 11:37
 0
विद्यार्थीलाई प्रचण्डको आह्वान- तपाईंहरू सडकको बाघ बन्नुस्, म संसद्को सिंह बन्छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी पुनर्निर्माण गर्ने बताएका छन् ।

बिहीबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

“हामीले पार्टी पुनर्निर्माणको काम गर्नेछौँ । समुदायसँगको हाम्रो सम्बन्ध कमजोर भएको छ, यसलाई पुन: बनाउने गरी समीक्षामा केन्द्रित छौँ । पार्टी पुनर्निर्माणमा केन्द्रित हुँदै गर्दा विद्यार्थी सङ्गठनसँग अपेक्षाहरू छन्,” उनले भने ।

उनले विद्यार्थीहरूलाई दह्रोगरी सडकमा उत्रिन आह्वान गरेका छन् । पछिल्लोपटक आफू सरकारबाट बाहिरिएको प्रसङ्ग जोड्दै उनले भने, “तपाईंहरू सडकको बाघ बन्नुस्, म प्रतिनिधि सभाको सिंह बन्छु ।”

अगाडि उनले भने, “दलालहरूले सङ्ख्याको बलमा बाहिर पारे । तर, तपाईंहरूको साथ रह्यो भने केही महिनाभित्रै परिस्थिति उल्ट्याउन सकिन्छ । हामी सरकारबाट बाहिरिँदै गर्दा खुसी हुँदै बाहिरिएका हौँ । अब फेरि जनताको तागत लिएर हामी आउनेछौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register