लुम्बिनीका पदाधिकारीमाथि हातपात गरेकाेप्रति ९ दलद्वारा निन्दा

बुटवल । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभाका सदस्यहरु सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै […]

Sep 26, 2024 - 11:43
 0
लुम्बिनीका पदाधिकारीमाथि हातपात गरेकाेप्रति  ९ दलद्वारा निन्दा

बुटवल ।


लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभाका सदस्यहरु सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट गरेको घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन् । दलहरुले जिल्ला प्रशासनलाई सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न माग समेत गरेका छन् ।

नेपाली काँग्रेस लुम्बिनी साँस्कृतिक नगर सभापती विन्दराम यादव, नेकपा एमाले उपाध्यक्ष मञ्जु ढकाल, नेकपा माओवादी केन्द्र अध्यक्ष महेन्द्र यादव,नेकपा एकिकृत समाजवादी अध्यक्ष सफिउरहमान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी सचिव रामाकान्त वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कोषाध्यक्ष हिन्दराज यादव, जसपा उपाध्यक्ष हुसेनी लोध, जनमत पार्टी सचिव बोजिउद्धिन मुसलमान र लोसपा अध्यक्ष राफिक अहमद मुसलमानले हस्ताक्षर गरी विज्ञप्ती जारी गरेका हुन् ।

‘विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित प्रसारित समाचार र भिडियो अनुसार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सदस्य सचिव सानुराजा शाक्यमाथि हातपात र लछारपछार गरिएको छ । यस सम्बन्धमा जिल्ला प्रशासनलाई सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न जोडदार माग गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा आन्दोलन गर्न र आफ्ना माग राख्न पाउने तर, संवाद र सहमतीबाटै निकास निकाल्न सकिने अवस्था हुँदा हुँदै यस खालको घटनाले विश्वमा लुम्बिनीको गरिमामा आँच आउनेतर्फ समेत सबै पक्षलाई सचेत गराइएको छ । दलहरुले लुम्बिनी विकास कोषलाई समेत निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायिहरुलाई भुक्तानीको सहज वातावरण मिलाउन समेत आग्रह गरेका छन ।

विश्वशान्तिको मुहान,महामानव गौतम बुद्धको पवित्र जन्मस्थललाई शान्तिमय वनाउन आमनागरिक, सामाजिक संघ संस्था तथा व्यवसायी सबैमा दलहरुले आग्रह गरेका छन् । त्यस्तै लुम्बिनी विकास कोषले निर्माण व्यवसायीसँग सम्बन्धित व्यक्तिबाट पदाधिकारीलाई गालीगलौज सहित लछारपछार गर्दै कुटपिट गरेको घटनामा खेदप्रकट गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले एक प्रेस विज्ञप्ती जारी गरी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्यै निन्दनिय र खेदजनक रहेको भन्दै अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न नेपाल सरकार संग माग गर्नु भएको छ् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register