त्रिवि उपकुलपतिले गरेका नियुक्तिमा नेविसंघको आपत्ति 

काठमाडौँ।  त्रिभुवन विश्वविद्यालयमा भइरहेका नियुक्ति प्रक्रियाहरूमा नेविसंघले आपत्ति जनाएको छ । नेविसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै  विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थामा योग्यता, प्रतिस्पर्धा र निष्पक्षताका आधारमा नियुक्ति हुनुपर्नेमा राजनीतिक भागबन्डा र आर्थिक लेनदेनको केन्द्र बनेको भन्दै आपत्ति जनाएको हो।    ‘विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थामा योग्यता, प्रतिस्पर्धा र निष्पक्षताका आधारमा नियुक्ति हुनुपर्नेमा, यसलाई राजनीतिक भागबन्डा र आर्थिक […]

Sep 26, 2024 - 12:31
 0
त्रिवि उपकुलपतिले गरेका नियुक्तिमा नेविसंघको आपत्ति 

काठमाडौँ। 

त्रिभुवन विश्वविद्यालयमा भइरहेका नियुक्ति प्रक्रियाहरूमा नेविसंघले आपत्ति जनाएको छ । नेविसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै  विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थामा योग्यता, प्रतिस्पर्धा र निष्पक्षताका आधारमा नियुक्ति हुनुपर्नेमा राजनीतिक भागबन्डा र आर्थिक लेनदेनको केन्द्र बनेको भन्दै आपत्ति जनाएको हो। 

  ‘विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थामा योग्यता, प्रतिस्पर्धा र निष्पक्षताका आधारमा नियुक्ति हुनुपर्नेमा, यसलाई राजनीतिक भागबन्डा र आर्थिक लेनदेनको केन्द्र बनाइनु अत्यन्त खेदजनक छ। यसले विश्वविद्यालयको प्रतिष्ठामा गम्भीर असर पार्नुका साथै योग्य र क्षमतावान् व्यक्तिहरूका लागि अवसरका ढोकाहरू पनि बन्द गरिरहेको छ । विश्वविद्यालयमा यस्तो अवस्था सिर्जना हुनु आफैँमा खेदजनक विषय हो ।’ अध्यक्ष किशोर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’मेरिटोक्रेसीको मर्म विपरीत राजनीतिक दबाब र अन्यायपूर्ण निर्णयको आधारमा गरिएको सिफारिसको प्रक्रिया नेपालको शैक्षिक सुधारमा बाधक साबित हुन सक्ने भएकाले, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई यस प्रति पुनर्विचार गर्न, निष्पक्षता र पारदर्शिताको मापदण्ड अपनाउन र योग्यताको आधारमा मात्र निर्णयहरू लिन नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति हार्दिक अनुरोध गर्दछ ।’

उक्त विषयमा तुरुन्त आवश्यक सुधार र निर्णयहरू नगरिएमा संघले थप  संघर्षका कार्यक्रमहरू अघि बढाउने चेतावनी समेत दिएको छ । शैक्षिक क्षेत्रको मर्यादा कायम राख्न र योग्यताको सम्मान गर्न पनि  संघले  सरोकारवालाहरूलाई अपिल गरेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register