हिजबुल्लाहसँगको द्वन्द्वमा इजरायलले अस्वीकार गर्‍यो युद्धविराम

काठमाडौं । इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम अस्वीकार गरेको छ। इजरायलका विदेशमन्त्री इजरायल काट्जले भनेका छन् , ‘उत्तरसँग युद्धविराम हुँदैन ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो घर नफर्केसम्म हिजबुल्लाह विरुद्धको लडाइँ जारी राख्नेछ।’ यसअघि इजरायल र लेबनानबीचको सीमामा जारी द्वन्द्वका बीच अमेरिका र अन्य देशहरूले युद्धविरामको प्रस्ताव गरेका थिए […]

Sep 26, 2024 - 13:13
 0
हिजबुल्लाहसँगको द्वन्द्वमा इजरायलले अस्वीकार गर्‍यो युद्धविराम

काठमाडौं । इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम अस्वीकार गरेको छ। इजरायलका विदेशमन्त्री इजरायल काट्जले भनेका छन् , ‘उत्तरसँग युद्धविराम हुँदैन ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो घर नफर्केसम्म हिजबुल्लाह विरुद्धको लडाइँ जारी राख्नेछ।’

यसअघि इजरायल र लेबनानबीचको सीमामा जारी द्वन्द्वका बीच अमेरिका र अन्य देशहरूले युद्धविरामको प्रस्ताव गरेका थिए ।

लेबनानमै घुसेर आक्रमण गर्ने इजरायलको तयारी

तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई पूर्ण शक्तिका साथ युद्ध जारी राख्न निर्देशन दिएका छन् ।

१२ अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूले यो युद्ध रोक्न आह्वान गरेका थिए । जसको जवाफमा प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भन्यो, ‘युद्धविरामको खबरमा कुनै सत्यता छैन । यो अमेरिका र फ्रान्सको प्रस्ताव हो, जसको प्रधानमन्त्रीले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । द्वन्द्व कम गर्न निर्देशन उत्तरी भाग पनि गलत छ ।’

दोस्रो गाजा बन्दै लेबनान

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register