शोधनान्तर स्थिती ४० अर्ब ९० करोडले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सो बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, शोधनान्तर स्थिती बचतमा रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । यस्तै, […]

Sep 26, 2024 - 14:49
 0
शोधनान्तर स्थिती ४० अर्ब ९० करोडले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सो बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, शोधनान्तर स्थिती बचतमा रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । यस्तै, चालु खाता रु ३० अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह रु ७९ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) रु दुई अर्ब ६५ करोड रहेको थियो ।

चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात नौ दशमलव छ प्रतिशतले घटी रु १२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा आठ दशमलव सात प्रतिशतले कमी आएको थियो । यस्तै, कूल वस्तु आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आई रु एक खर्ब २८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा एक दशमलव छ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात चार दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ प्रतिशत र शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register