चिल्ड्रेन हस्पिटल बिर्तामोड : २ हजार ७५१ लिए सेवा, सेवाग्राहीलाई २४ लाख बढी छूट

बिर्तामोड, १० असोज । झापाको बिर्तामोडस्थित चिल्ड्रेन हस्पिटलले तेस्रो वार्षिकोत्सव मनाएको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी हस्पिटलले वार्षिकोत्सव मनाएको हो । संस्थापक अध्यक्ष लीला मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका एमडी डा. रुपक आचार्यले हस्पिटलले एक वर्षको अवधिमा २ हजार ७१ जनाले अस्पतालबाट ओपीडी सेवा लिएको जानकारी दिनुभयो । जसमध्ये १ हजार ९३९ [...] The post चिल्ड्रेन हस्पिटल बिर्तामोड : २ हजार ७५१ लिए सेवा, सेवाग्राहीलाई २४ लाख बढी छूट appeared first on Jhapa Online.

Sep 26, 2024 - 14:58
 0
चिल्ड्रेन हस्पिटल बिर्तामोड : २ हजार ७५१ लिए सेवा, सेवाग्राहीलाई २४ लाख बढी छूट

बिर्तामोड, १० असोज । झापाको बिर्तामोडस्थित चिल्ड्रेन हस्पिटलले तेस्रो वार्षिकोत्सव मनाएको छ ।

आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी हस्पिटलले वार्षिकोत्सव मनाएको हो । संस्थापक अध्यक्ष लीला मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका एमडी डा. रुपक आचार्यले हस्पिटलले एक वर्षको अवधिमा २ हजार ७१ जनाले अस्पतालबाट ओपीडी सेवा लिएको जानकारी दिनुभयो ।

जसमध्ये १ हजार ९३९ जना निको भएका छन् भने २५ जनालाई रेफर गरिएको डा अचार्यले बताउनुभयो । त्यस्तै, २३३ जनाले उपचारकै क्रममा डिस्चार्ज भएर गएका थिए भने एक जना बालकको मृत्यु भएको अस्पतालले जनाएको छ ।

“गम्भीर अवस्थाका बिरामी आउँदा उपचारमा कठिनाइ भए पनि सकेसम्म निको बनाएरै पठाएका छौं”, उहाँले भन्नुभयो, “एक जनालाई बचाउन नसकेको धेरै दुःख लागेको छ ।” एक वर्षको अवधिमा अस्पतालले २४ लाख २४ हजार ३०९ रुपैयाँ सेवाग्राहीलाई छूट दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले बिर्तामोड अस्पतालको हब बन्दै गएको बताउनुभयो । उहाँले अस्पतालबाट सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नमूना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकीले आफ्नो टोलमा अस्पताल सञ्चालनमा आउँदा शुरुका दिनमा केही असहज भए पनि हाल गहनाको रुपमा स्थापित भएको बताउनुभयो ।

अस्पतालका संस्थापक अध्यक्ष लीला मैनालीले बाल अस्पतालको आवश्यकता महसुस भएपछि जिल्लामै पहिलो पटक चिल्ड्रेन हस्पिटल सञ्चालनमा ल्याएको बताउनुभयो । “बालबालिकाको उपचारका लागि पहिला भारतको सिलिगुढी जानुपथ्र्यो”, उहाँले भन्नुभयो, “मैले पनि त्यो अवस्था पार गरेँ, धेरै अभिभावकले त्यो भोग्नुभयो, त्यसैले स्थानीय स्तरमै गुणस्तरीय सेवा दिने सोचले अस्पताल सञ्चालनमा ल्याएका हौं ।”

अस्पतालका सीइओ डा. सुजाता मैनाली आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका संरक्षक राजेन्द्र मैनाली, पार्वता गिरी लगायतको आतिथ्य रहेको थियो । अस्पतालका सुपरभाइजर राजेन्द्र मैनाली, संस्थापक दीपकप्रसाद आर्चाय र प्रेमा आर्चाय रहनुभएको छ ।

बिर्तामोडमा बालबालिकाको उपचार मात्रै गर्ने गर्ने उद्देश्यले २०७९ असोज १० गतेबाट बिर्तामोड–१ मा अस्पताल सञ्चालनमा ल्याइएको थियो । अस्पतालमा अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको समेत व्यवस्था रहेको छ भने चौबीसै घण्टा सेवा प्रवाह हुने अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका बिरामी मध्ये ९९.९ प्रतिशत सफल उपचार पश्चात निको भएर घर फर्किएको अस्पतालको दाबी छ ।

बालबालिकमा देखा पर्ने मेनेन्जाइटिस, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजम रोग समेत पत्ता लगाइएको जनाइएको छ ।

The post चिल्ड्रेन हस्पिटल बिर्तामोड : २ हजार ७५१ लिए सेवा, सेवाग्राहीलाई २४ लाख बढी छूट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register