शिक्षा बहुउद्देश्यीयको दुहागढी इकाइगत सभा : चार जना सम्मानित, सात व्यावसायिक परियोजना प्रस्ताव

धाइजन, १० असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र दुहागढीको इकाइगत साधारण सभा सम्पन्न भएको छ । इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति संयोजक हेमराज मिश्रले [...] The post शिक्षा बहुउद्देश्यीयको दुहागढी इकाइगत सभा : चार जना सम्मानित, सात व्यावसायिक परियोजना प्रस्ताव appeared first on Jhapa Online.

Sep 26, 2024 - 15:38
 0
शिक्षा बहुउद्देश्यीयको दुहागढी इकाइगत सभा : चार जना सम्मानित, सात व्यावसायिक परियोजना प्रस्ताव

धाइजन, १० असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र दुहागढीको इकाइगत साधारण सभा सम्पन्न भएको छ ।

इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्यहरुले संस्थाका गतिविधिका बारेमा जिज्ञासासमेत राख्नुभएको थियो ।

कार्यक्रममा चार जना सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्जा कारोबारकर्ता उदयकुमार रानामगर, उत्कृष्ट आवधिक बचतकर्ता कान्छी राजवंशी, उत्कृष्ट साधारण बचतकर्ता हीरामणि राजवंशी र उत्कृष्ट शिक्षा बचतकर्ता योजिना भुजेललाई सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका सल्लाहकार संयोजक सावित्रीकुमारी लिम्बू, सल्लाहकार सदस्यद्वय घनश्याम मिश्र, ओमप्रकाश खरेल, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४ करोड ९६ लाख ४६ हजार ७७६ रुपैयाँको आय–व्यय प्रस्तुत गरिएको कार्यक्रममा संस्थाले विभिन्न सात वटा व्यावसायिक परियोजना सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ ।

आव २०८०/०८१ को असार मसान्तसम्मको संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७, बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२, १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी रहेको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत सञ्चालक समिति सदस्य चिजा राईले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य लक्ष्मीप्रसाद घिमिरे, रोहित काफ्ले, रुपामाया प्रधान, व्यवस्थापक तीर्थराज तिम्सिना, सेवा केन्द्र प्रमुख विपना तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

संस्थाको इकाइगत साधारणसभा अन्तरगत भोलि ११ गते सदस्य सेवा केन्द्र शनिश्चरेको पितृ भवनमा हुनेछ । संस्थाको असोज ९ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा हुने जनाइएको छ ।

The post शिक्षा बहुउद्देश्यीयको दुहागढी इकाइगत सभा : चार जना सम्मानित, सात व्यावसायिक परियोजना प्रस्ताव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register