स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको अध्यक्षमा महास्थवीर चयन

काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले भिक्षु धर्ममूर्ति महास्थवीरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष धर्ममूर्ति अखिल नेपाल भिक्षु महासंघको पूर्वउपाध्यक्ष हुन्। अन्तर्राष्ट्रिय बौद्ध सङ्घसंस्थाको सल्लाहकार रहेका उनले बौद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । साधारणसभाबाट उपाध्यक्षमा सुरेशबाबु योञ्जन लामा र योजेस […]

Sep 26, 2024 - 16:17
 0
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको अध्यक्षमा महास्थवीर चयन

काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले भिक्षु धर्ममूर्ति महास्थवीरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष धर्ममूर्ति अखिल नेपाल भिक्षु महासंघको पूर्वउपाध्यक्ष हुन्। अन्तर्राष्ट्रिय बौद्ध सङ्घसंस्थाको सल्लाहकार रहेका उनले बौद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

साधारणसभाबाट उपाध्यक्षमा सुरेशबाबु योञ्जन लामा र योजेस बज्राचार्य, महासचिव अशोककाजी बुद्धाचार्य, सचिव चन्द्र बुद्धाचार्य, कोषाध्यक्ष तेजरत्न ताम्राकार, सहकोषाध्यक्ष प्रा डा केशव श्रेष्ठ, सदस्यमा राजु लामा र गौतम शाक्य चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष धर्ममूर्तिले पुरातत्व विभागको निर्देशनमा महासमितिले यस विश्वसम्पदा क्षेत्रको संरक्षण तथा मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्ने जानकारी दिए। उनले विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत संस्थासँग समन्वय र सहकार्यमा मर्मत सम्भार तथा संरक्षण साथै जात्रा पर्व, धार्मिक महोत्सव, मेला सञ्चालन, व्यवस्थापन गरेको जनाइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट स्वयम्भूमा आउने पर्यटक तथा धर्मावलम्बीलाई ऐतिहासिक पक्षका बारेमा जानकारी दिने, नियमित पूजाआजा सञ्चालन गर्ने, सम्पदाको संरक्षण साथै प्रचारप्रसार गर्दै आएको महासमितिले त्यस क्षेत्रको जङ्गलको संरक्षण, वृक्षरोपण, गर्ने गरेको छ ।  रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register