विश्वका समस्यासँग जुध्न सहकार्यको खाँचो छ : मन्त्री राणा

न्युयोर्क । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यहाँ आउनुभएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन् । उनले भनिन् – हामीहरुको साझा घर पृथ्वीमा […]

Sep 27, 2024 - 00:41
 0
विश्वका समस्यासँग जुध्न सहकार्यको खाँचो छ : मन्त्री राणा

न्युयोर्क । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यहाँ आउनुभएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन् ।

उनले भनिन् – हामीहरुको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरुको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो ।

जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको उनले बताइन् ।

अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरुको क्षयीकरण बढिरहेको उल्लेख गर्दै मन्त्री राणाले यसलाई सम्बोधन गरेर मानवीय सङ्कट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको आवश्यकता औँल्याइन् ।

मन्त्री राणाले भनिन् – एशियाली देशहरुले यस्ता समस्यासँग जुध्न कसरी रणनीति बनाएर सामना गर्न सक्छौ भन्ने कुराले एशियाली सहकार्य संवादको उपादेयिता हुने विषय मापन गर्दछ।

हामीहरुको दृष्टिकोण र प्रतिबद्धताले एशिया र विश्वलाई चुनौतीहरुको सामना गर्ने माध्यम बन्न सकोस भन्ने मन्त्री राणाको भनाइ थियो । नेपाल सन् २०१६ देखि एशियाली सहकार्य संवादसँग जोडिदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register