प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले शाहबाजसँगको भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा सहयोग अभिवृद्धि गर्ने, व्यापार, लगानी, पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । […]

Sep 27, 2024 - 03:56
 0
प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले शाहबाजसँगको भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा सहयोग अभिवृद्धि गर्ने, व्यापार, लगानी, पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

राष्ट्रसङ्घको मुख्यालयमा भएकोे भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी रहेका थिए ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register