परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंशा गर्दै लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी छन् । मन्त्री राणाले युएन वुमनले विश्वभर […]

Sep 27, 2024 - 04:35
 0
परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

काठमाडौँ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंशा गर्दै लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी छन् ।

मन्त्री राणाले युएन वुमनले विश्वभर महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल लैङ्गिक समानतालाई अगाडि बढाउन युएन वुमनसँगको कामलाई निरन्तरता दिन इच्छुक रहेको भेटमा बताएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register