शनिश्चरे अस्पतालप्रति विश्वास बढ्दै : प्रसूती सेवा लिनेको दोब्बर बृद्धि

सन्तोष शर्माझापा, ११ असोज । झापाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूती सेवा लिनेको संख्या दोब्बर बृद्धि भएको छ । नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा शुरु भएपछि यहाँ प्रसूती सेवा लिनेको संख्या दोब्बर बृद्धि भएको हो । नगर अस्पतालमा चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ७६ जनाले प्रसूती सेवा लिएको अस्पतालका अभिलेख शाखा [...] The post शनिश्चरे अस्पतालप्रति विश्वास बढ्दै : प्रसूती सेवा लिनेको दोब्बर बृद्धि appeared first on Jhapa Online.

Sep 27, 2024 - 05:34
 0
शनिश्चरे अस्पतालप्रति विश्वास बढ्दै : प्रसूती सेवा लिनेको दोब्बर बृद्धि

सन्तोष शर्मा
झापा, ११ असोज ।
झापाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूती सेवा लिनेको संख्या दोब्बर बृद्धि भएको छ ।

नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा शुरु भएपछि यहाँ प्रसूती सेवा लिनेको संख्या दोब्बर बृद्धि भएको हो । नगर अस्पतालमा चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ७६ जनाले प्रसूती सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेल जानकारी दिनुभयो । गत आव २०८०/०८१ मा ८३ जनाले सेवा लिएका थिए ।

आमा सुरक्षा कार्यक्रम अन्तरगत नमूना कार्यक्रम अन्तरगत संघीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूती गराउने आउने संख्या उल्लेख्य बृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोङले बताउनुभयो । “दक्ष जनशक्तिसँगै पूर्वाधार पर्याप्त भएकाले पनि आकर्षण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने प्रयास गरिरहेका छौं, सेवाग्राहीको विश्वास पनि बढिरहेको छ ।”

गत आवमा नगर अस्पतालबाट ७९ हजार आठ सय ६२ जनाले बहिरंग सेवा लिएका थिए भने चालू आवको भदौ महिनासम्म १७ हजार तीन सय ३४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट गत आवमा आठ हजार नौ सय ४० जनाले भिडियो एक्स–रे, ११ हजार छ सय १८ जनाले एक्स–रे, चार हजार दुई सय ६५ जनाले ईसीजी सेवा लिएका थिए । चालू आवका भदौसम्म तीन हजार एक सय ११ जनाले एक्स–रे, दुई हजार दुई सय आठ जनाले भिडियो एक्स–रे र आठ सय ७७ जनाले इसीजी सेवा लिएका छन् ।

हालै नगर अस्पताललाई संघीय सरकारले ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । अस्पतालको सेवाको स्तरबृद्धिका लागि संघीय सरकारले अत्याधुनिक प्रसूती शैय्या, ईसीजी मेसिन, फोटोथेरापी मेसिन एक÷एक थान, बिरामी शैय्या नौ थान, एक्स–रे मेसिन एक थान, बीपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सीटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरेको हो ।

नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रयास भइरहेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले बताउनुभयो । नगर अस्पतालको नवनिर्मित भवन निर्माणका लागि सरकारले चालू आवमा रू सात करोड बजेट समेत विनियोजन गरेको उहाँले बताउनुभयो ।

नयाँ भवन सञ्चालनमा आएपछि सेवा समेत थप विस्तार हुने उहाँले बताउनुभयो । अस्पतालमा दुई जना चिकित्सक अत्यावश्यक रहेकाले मन्त्रालयमा माग गरिएको नगरप्रमुख गोम्देनले बताउनुभयो । “नगर अस्पतालाई नमूना बनाउने लक्ष्य नगरपालिकाको छ”, उहाँले भन्नुभयो, “नगर अस्पतालबाट आमा–नानीको सबै उपचार निःशुल्क गर्ने घोषणा गरेका छौं ।”

The post शनिश्चरे अस्पतालप्रति विश्वास बढ्दै : प्रसूती सेवा लिनेको दोब्बर बृद्धि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register