काठमाडौँसहित देशभर अविरल वर्षा, जनजीवन प्रभावित (तस्वीरहरु)

काठमाडौँ। उपत्यकासहित देशका विभिन्न भागमा झरीले जनजीवन प्रभावित भएको छ। गए रातीदेखिको अविरल वर्षाका कारण काठमाडौँमा बिहानैदेखि जनजीवन अस्तव्यस्त बनेको छ भने देशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी […]

Sep 27, 2024 - 05:45
 0
काठमाडौँसहित देशभर अविरल वर्षा, जनजीवन प्रभावित (तस्वीरहरु)

काठमाडौँ। उपत्यकासहित देशका विभिन्न भागमा झरीले जनजीवन प्रभावित भएको छ। गए रातीदेखिको अविरल वर्षाका कारण काठमाडौँमा बिहानैदेखि जनजीवन अस्तव्यस्त बनेको छ भने देशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईका केही भागमा हुरी बतासको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आउँदो २४ घण्टाभित्र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी तथा लुम्बिनीका एक-दुई स्थानमा अत्यधिक वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register