साथमा ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरी नागरिक एपमा नयाँ अपडेट, अब प्रिन्ट कुर्नु नपर्ने
काठमाडौं । नागरिक एपमा नयाँ अपडेट आएको छ । बिहीबार आएको २.०.२८ भर्सनको अपडेटमा ड्राइभिङ लाइसेन्स साथमा बोक्नुपर्ने बाध्यता हटाउने सुविधा थपिएको हो । आईफोन तथा अन्य आईओएस डिभाइसहरूका लागि भने यो अपडेट उपलब्ध हुन केही दिन लाग्ने बताइएको छ । यद्यपि गुगल प्ले स्टोरमा नयाँ अपडेट आएसँगै केही प्रहरी युनिटहरूले यसको टेस्टिङ समेत सुरु गरिसकेको स्रोतले बतायो । नयाँ अपडेटसँगै नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) भित्र जाँदा तपाईंको सवारी चालक अनुमतिपत्रको फोटोसँगै एउटा क्यूआर कोड समेत देख्न...
What's Your Reaction?