दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यले रेकर्ड कायम गर्न सफल भएको छ । गत आइतबारदेखि सुनको मूल्यले रेकर्ड राखिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । […]

Sep 27, 2024 - 06:41
 0
दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यले रेकर्ड कायम गर्न सफल भएको छ । गत आइतबारदेखि सुनको मूल्यले रेकर्ड राखिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register