अबको संसार कसले चलाउँछ ?

काठमाडौँ । हिजोआजका वर्षहरूमा संसारभर नै बहस हुन थालेको छ कि अबको संसार कसले चलाउँछ ? अबको आर्थिक महाशक्ति को होला, अमेरिका वा चीन ? हुनपनि यसखालको बहसले अन्तराष्ट्रिय स्वरुप किन ग्रहण नगरोस् । किनकि अहिले नै आर्थिकदेखि धेरै कुरामा सर्वशक्तिमान् अमेरिकालाई चीनले टक्कर दिइरहेको छ । कुनै समय पोर्चुगल, रसिया, स्पेनिश, फ्रेन्च, बेलायत जस्ता […]

Sep 27, 2024 - 07:57
 0
अबको संसार कसले चलाउँछ ?

काठमाडौँ । हिजोआजका वर्षहरूमा संसारभर नै बहस हुन थालेको छ कि अबको संसार कसले चलाउँछ ? अबको आर्थिक महाशक्ति को होला, अमेरिका वा चीन ? हुनपनि यसखालको बहसले अन्तराष्ट्रिय स्वरुप किन ग्रहण नगरोस् । किनकि अहिले नै आर्थिकदेखि धेरै कुरामा सर्वशक्तिमान् अमेरिकालाई चीनले टक्कर दिइरहेको छ । कुनै समय पोर्चुगल, रसिया, स्पेनिश, फ्रेन्च, बेलायत जस्ता देशहरुले संसारको नेतृत्व गरिकोमा अमेरिका विगत करिव एक सय बर्षयता संसारभरको नेताको रुपमा विश्वमा हाबी छ ।
खासगरी दोश्रो विश्वयुद्धबाट (सन् १९३९–१९४५) जापान, जर्मनीको पराजय र बेलायतको अधोगती सँगै उदाएको अमेरिका सन् १९९१ मा तत्कालिन सोभियत संघ पतन भएपछि त विश्वको एकछत्र महाशक्तिको रुपमा रहँदै आएको थियो । अमेरिकाले सन् १९४५ पछि विश्वका देशहरुलाई व्यवस्थीत शासन गर्न विश्व बैंक, अनर्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ), संयुक्त राष्ट्र संघ र विश्व व्यापार संघ (डब्लुटीओ ) जस्ता संस्थाहरु बनाउन सफल रह्यो । जसमा संसारका धेरैजसो देशहरु अटाउन थालेपछि उसको पावर बढेर गएको हो । सन् १९४५ यता अमेरिकाले संसारका देशहरुमा प्रभुत्वसँगै दुश्मनी पनि बढाएको छ । यसबीच उसले भनेको नमान्ने ६० भन्दा बढी देशहरुले अमेरिकी प्रतिबन्ध भोगिरहेका छन् । ति देशहरुमा अमेरिकाले कुनै न कुनै हिसाबको बबण्डर मच्चाइरहेको देखिन्छ ।

तर यसबीच सन् १९७८ बाट क्रमश खुल्ला बजार अर्थतन्त्रको अभ्यास थालेको र ११ डिसेम्बर २००१ मा विश्वको ब्यापार संगठन (डब्लुटीओ) मा आबद्धता जनाएको चीनले अहिले ब्यापारमा तर्रक्की गरिसकेको छ । सन् १९९० यता करिव दोहोरो अंकको लगातारको आर्थिक बृद्धि गरिरहेको चीनको जीडिपीको आकार विकिपिडियाको अनुसार सन् २०२४सम्म आइपुग्दा १८.५३ ट्रिलियन डलर पुगिसकेको छ । यद्यपी अमेरिकाको अर्थतन्त्र अहिले पनि २८ ट्रिलियन डलर माथी छ । तर रोचक के छ भने जिडीपी माथी हुँदा पनि चिनियाँ पर्चेजिङ पावर अमेरिकीहरुको भन्दा माथी पुगिसकेको छ । चीनको पछिल्लो लगातारको आर्थिक उन्नती नियालिरहेका विश्वका घघडान रिर्सच संस्था तथा विद्धवानहरुले अमेरिकालाई उछिन्ने अडकलबाजी गरिरहेका छन् । विश्वका धेरै अर्थशास्त्रीहरुले सन् २०४० सम्ममा यही रुपमा चीनले आर्थिक प्रगती गरिरहे अमेरिकालाई उछिन्ने बताइरहेका छन् । लगानी र वित्तीय सेवा प्रदायकको रुपमा विश्व प्रशिद्ध अमेरिकी संस्था ‘गोल्डम्यान सर्च’ले गरेको एउटा वाणीमा विश्वास गर्ने हो भने सन् २०७५ मा पुग्दा अहिलेका बढी जनसंख्या भएका देशहरु क्रमश धनी हुने सुचीमा पर्नेछन् । गोल्डम्यानका अनुसार सन् ०७५ मा चाइनाको अर्थतन्त्र ५७ ट्रिलियन डलर, भारतको ५२.५ ट्रिलियन डलर, अमेरिकाको ५१.५ ट्रिलियन डलर हुनेछ । जनसंख्यामा धनी देशहरु अबको विश्वमा आर्थिक रुपले सुर्परपावर बन्नेछन् भनेर गोल्डम्यान सर्च जस्तो संसारभर आर्थिक अवसर खोज्ने, लगानी गर्ने विश्वकै नामुद कम्पनीको दाबी छ ।

खासगरी चीनले पछिल्ला केही दशकयता आर्थिक प्रगति गरिरहँदा, एसियाली देशहरुमा पनि जस्तो जापान, भारत, पाकिस्तान, इन्डोनेशिया आदि पनि आर्थिक रुपमा अघाडी आइरहँदा र युरोप एकखालको गतिमा अघि बढीरहँदा विश्वमा बहुधुव्र खडा भएको छ । जसको नेतृत्व एसिया तिरबाट चीनले गर्न थालिरहेको छ भने रुसको अर्को वैभव छँदैछ । अमेरिको त अहिले पनि विश्वको सबै देशको अगुवा र सर्वशक्तिमान आफै हो भन्ने दाबी छदैछ । विश्वका देशहरुलाई त्यहि अनुसार उसले ब्यवहार देखाइरहेको छ ।

तर मुलत आर्थिक रुपमा शक्तिशाली देश नै संसारको मियो हुने कुरा नर्कान सकिँदैन । जसको लागि चीनको संर्घष कायम देखिन्छ । चिनियाँ राष्ट्रपती सि जिनपिङले अनवरत मिहिनत गरिरहेका छन् । संसारको सुपरपावर हुने र अरु सबै देशलाइ पछुवा बनाउने अभिप्रायले नै चीनले ‘बेल्ट एण्ड रोड रिनिशिएटिभ’ जस्तो अति महत्वकाक्षीं ( जुन संसारको ९९ भन्दा बढी देशलाई स्थलमार्गले जोड्ने परियोजना हो, जसमा पश्चिमा देशको ऋणबाट बञ्चित देशहरुमा लगानी रहनेछ ) परियोजना अघि सारेको हो । यद्यपी अमेरिका र भारत जस्ता देशहरु चीनको सो परियोजना असफल बनाउन हात धोरै लागे । त्यो कारण पनि ‘बेल्ट एण्ड रोड’ परियोजना सोचेजस्तो अघि बढ्न सकेको छैन ।

तरपनि अमेरिकाले नेर्तत्वमा सुरु भएको विश्वव्यापिकरण र खुल्ला बजार अर्थनीतिको लाभ पछिल्लो दशक चीन, भारत, ब्राजिल, इन्डोनेशिया, दक्षिण कोरिया जस्ता उदयीमान अर्थतन्त्रले लिइरहेको छ । फलस्वरुप विश्वव्यापिकरणले पछि परेका महसुस अमेरिका र युरोप जस्ता पश्चिमा देशका नागरिकमा नै महसुस हुन थालेका छन् । अमेरिका बहुधुव्रिय विश्वबाट डराउन थालेको छ । तथापी एकधुव्रिय आदेशका लागि उसको प्रयास जारी देखिन्छ । त्यसैले पनि अब संसार कसले चलाउँछ वा चलाउनेछ भन्ने अडकलबाजी हुन थालेको छ ।

अहिले नै संसारका धेरै देशहरू चीनसँग आश्रित हुन थालेका छन् । खासगरी उसको बढ्दो औधोगिक तथा व्यापारिक उत्पादनहरु र आधुनिक विकासले धेरैलाई चकित पारिरहेको छ । संसारमा खपत हुने २८ प्रतिशत भन्दा ज्यादा औधोगिक उत्पादन चीनले नै एक्लै गरिरहेको छ । १२० भन्दा बढी देशहरू चीनसँग अत्यन्त अन्तरगं ब्यापार गरिरहेका छन् भने संसारभर उसको व्यापारमा प्रभुत्व बढरहेको छ । अफ्रिकाका धेरै देशहरूमा र एसियामा पनि चीनले सहयोग र सदभावनाहरु बढाइरहेको छ । चीनले ४० करोड जनतालाई गरिवीबाट मुक्ति दिइसकेको छ । पछिल्लो दशक विश्वमा अन्त नभएको चामत्कारिक विकास चीनले गरिरहेको छ ।

अमेरिकाले प्रमुख सत्रुको रुपमा लिएको रुससँग पनि चीनले सम्बन्ध बढाइरहेको छ । रुसको छिमेकी भारतसँग ट्रेड ब्यालेन्स बढीरहँदा चीनको सम्बन्ध झन् प्रगाढ भएको देख्न सकिन्छ । आर्थिक कुटनीतिलाई सार्वेपरि बनाएको चीनको ब्यापारको अकार अमेरिकासँग नै बढीरहँदा त्यो अमेरिकालाई घाँडो भइरहेको छ । तर पछिल्लो कही बर्षयता सेवा क्षेत्रको विस्तारको कारण अमेरिकी अर्थतन्त्र पनि उकालो नै लागिरहेको छ । औधोगिक उत्पादनमा जेहाद छोडेको चीनले अहिले अमेरिकाको सेवा क्षेत्रको अर्थतन्त्रसँग प्रतिस्पर्धा गरिरहेको छ । पछिल्लो दशक अमेरिकामा फेसबुक, टुइटर, विविध सफट्वयर लगायत प्रविधि क्षेत्रका सेवामुलक उद्योगहरुबाट डलरमा अर्बपतीहरु जन्माइरहेको छ । अझ अहिले संसारभर रहस्यको पर्धाभित्र रहेको, त्रासदीको वायु फैलिएको र नकारात्मक एवं सकारात्मक दुबैखालको बहसको तरगं ल्याएको आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) मा अमेरिकाले गरेको प्रगति रोचक छ । आँउदा बर्ष र दशकहरुमा प्रविधि र एआईकोे विस्फोटक उदयले हाम्रो जिवन, समाज र जन्ममृत्युलाई समेत प्रभाव पार्ने प्रविधि क्रान्ति हुनसक्ने संकेत देखिइसकेको छ ।

जसको नेतृत्व अमेरिकाले नै गरेको देखिन्छ । हालसालै चीनले पनि अमेरिकाको प्राविधि रणनीति र चलाखीलाई ट्याकल गर्न एआईमा लगानी बढाएको समाचार छन् । कतिसम्म भने सन् २०५० सम्ममा विश्वका अधिकाशं जस्तो अर्थतन्त्रहरु एआईमा आधारित प्रणालीहरुद्धारा निर्देशित र सञ्चालित हुनेसम्मका भविष्यवाणीहरु छन् । खासगरी महाशक्ति राष्ट्रहरुले वित्तिय ब्यवस्थापनका लागि आफनो एआईमा आधारित प्रणालीहरु प्रयोग गर्नेछन् र एआइको डाटा विश्लेषण शक्तिलाई विश्वास गरिनेछ । एआइले थप सहि जोखिम मुल्याकंन, धोकधडी पत्ता लगाउन र त्यसलाई रोक्न सक्षम हुने आँकलन छ । यसरी औधोगिक उत्पादन र चामत्कारिक विकासमा जसरी चीनले प्रगति गरिरहेको छ । त्यसरी नै प्रविधि क्षेत्रमा अमेरिकाले क्रान्ति ल्याइरहेको छ । जसको पछिल्लो बलियो उदाहरण एआईको विस्फोटक उदय हो । संसारका यी आधुनिक प्रविधिको फाइदा अरु देशहरुमा सुनिश्चित गर्न नसकिए सक्तिसम्पन्न देशहरु मात्र लाभग्राही हुने जोखिम छ ।

जस्तो चीन र अमेरिकाको शक्ति जाँच्न सन् २०१९ देखि सुरु भएको कोभिड १९ को प्रकोपलाई नियाल्न सकिन्छ । जवकी सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवान प्रान्तमा पहिलोपटक देखिएको कोरोना महामारी ६–८ महिनामै विश्वको कुनाकुनासम्म फैलियो । स्थल र हर्वाइ मार्गहरुको भुमण्डलीकरण, विश्वका देशहरुको एकअर्कामा निर्भरता र पर्यटन गतिविधिको बढ्दो गतिले तिव्र रुपमा विश्वभर नै कोरोना फैलियो । त्यसरी फैलिएको कोरोना नियन्त्रणमा चीनको स्वास्थ्य प्रणाली सबैभन्दा प्रभावकारी देखियो । यद्यपी चीनले लामो समय लकडाउन गरेर अर्थतन्त्रमा क्षती ब्यर्होर्यो भन्ने पनि प्रश्न आए । तर कोरोना विरुद्धको खोप तथा मेडिकल उपकरण निर्माण तथा त्यसको विक्रिमार्फत उसले अर्र्थतनत्रमा टेवा दियो । तर अमेरिकामा डोनाल्र्ड प्रशासनले भने कोरोना केही होइन् भनेर ख्यालसाँची गर्दा त्यसबाट करिव ३ लाखले ज्यान गुमाए । यता चीनले आफनै देशबाट सुरु भएको कोरोना महामारीमा पनि ३–४ हजार भन्दा बढीको ज्यान असुरक्षा पारेन । खोप नै उत्पादन गर्नमा पनि अमेरिका धेरै पछि पर्यो ।

स्वास्थ्य प्रणालीको मात्र कुरा होइन् पछिल्लो दशक चीनले गरेको चामत्कारिक विकास विश्वका अरु देशका लागि नौलो छन् । फलस्वरुप चीनको आधुनिक विकासलाई नियाल्न बर्षेनी १० करोड बढी मानिस उसका पर्यटक हुने गरेका छन् । संसारलाई आर्चश्य पार्ने चीनको दी ग्रेट वाल, संसारकै ठुलो २२,५०० मेगावाटको थ्रि ग्रर्जेज जलविधुत आयोजना, संघाई टावर, महादीपमा बनाइएका लम्मेतान राजमार्ग, अत्याधुनिक लोकप्रिय एयरपोर्टहरु, मरुभुमिमा नयाँ शहरहरु, चीनको सबैभन्दा लामो राजमार्ग टनेल किलिङ टनेल, विश्वको सबैभन्दा लामो समुन्द्री पुल, विश्वको सबैभन्दा लामो ग्यास पाइपलाईन जस्ता अनेकन क्षेत्रमा चिनले तर्रक्की गरिरहेको छ । जुन अमेरिका वा सारा विश्वका देशहरुले हेर्दाहेर्दै (धेरैजसो विगत २ दशकमै) सिर्जना गरिएका हुन् । जसले चीनको उदाउँदो शक्ति र कठोर मिहिनतको प्रमाण दर्शाउँछ । हुन त अमेरिकाले वा बाँकी विश्वले पनि भौतिक पुर्वाधारमा धेरै पहिले नै कयापलट गरेकै हुन् । तर त्यसलाइृ माथ गर्ने र विश्व समुदायलाई नै असम्भव लाग्ने खालका चामत्कारिक चिनियाँ विकास, उनीहरुको अनुशासन र मिहिनतको धरहरा यति विशाल देखिन्छ कि अबको विश्वको नेतृत्व नै केही दशकमै उनीहरुकै हातमा पुग्दछन् ।

किनकी उनीहरु जनसंख्या, स्रोत साधन, विकास निर्माण, सैन्यशक्ति, खोज अनुसन्धान हर हिसावले निकै उचाइ पुगेका छन् । उनीहरुको विकासलाई नियाल्न नै विश्वका करोडौं मानिसहरु चीनतिर लागरिहेका छन् । चीनमा विश्वको आखाँ गइरहेको र चीनले विश्वलाई आर्कषण गरिरहेको छ । विश्वमा शान्त आर्थिक कुटीनितीको जगमा राष्ट्रपती सि जिङपिलले चीनलाई पहिलो मुलुक बनाउन लागरिहेका छन् । अमेरिका भने चीनसँग शान्त हिसाबको प्रतिस्पर्धा भन्दा चीनलाई कसरी हुन्छ लडाउने चालबाझमा रुमलिएको छ । संसारको जुनसुकै कुनामा सैन्य शक्ति पठाउन र घुसाउन सक्ने अमेरिका आजपनि सुरक्षा व्यवस्थामा भने विश्वको एउटा तागत हो । विश्वको सबैभन्दा ठुलो हतियार निर्यातक देश अमेरिकाले संसारका देशहरुमा करिव ९ सय बढी सैन्य अण्डा खडा गरेको छ । रक्षा क्षेत्रमा ठुलो पैमानामा बजेट छुट्याउँदै आएको अमेरिकालाई त्यसमा पनि टक्कर दिन चीन अग्रसर देखिन्छ ।

हरेक बर्ष शैन्य बजेट बढोत्तरी गर्दै बहुआयामिक विकास, शान्त आर्थिक कुटनीति अंगालेको चीनले विश्वमा बढाउँदै लगेको प्रभाव हेर्दा संसारको अबको नेतृत्व उसैको हातमा त पुग्दैछैन ? भन्ने प्रश्नको विश्वब्यापिकरण भइसकेको छ ।

-रिसव गौतमको लेख, आर्थिक लेखक तथा विश्लेषक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register