खराब मौसमका कारण हवाई उडान प्रभावित, ‘ओभरसुट’गरेको थाई एअरको जहाज आकाशमा घुमेको घुम्यै

थाई एअरको जहाजले ओभरसुट गरेर (ल्यान्डिङ गर्न लाग्दा फेरि उडेको)आकाशमै होल्ड भइरहेको छ । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो ।

Sep 27, 2024 - 08:21
 0
खराब मौसमका कारण हवाई उडान प्रभावित, ‘ओभरसुट’गरेको थाई एअरको जहाज आकाशमा घुमेको घुम्यै

काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिबिलिटी कम भएकोले झन्डै एक घन्टादेखि थाई एयरको जहाज आकाशमै होल्ड  छ ।

थाई एअरको जहाजले ओभरसुट गरेर (ल्यान्डिङ गर्न लाग्दा फेरि उडेको)आकाशमै होल्ड भइरहेको छ । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ ।

थाई एयरवेजको फ्लाइट टीजीथ्रीवाननाइन बोइङ्ग ७७७ जुन बैंककबाट काठमाडौं आएको हो ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register